शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

एकल महिलालाई आत्मनिर्भर बनाउन मौरीसहित घार वितरण

images
बुधबार, जेठ २१ २०८२
images
images
एकल महिलालाई आत्मनिर्भर बनाउन मौरीसहित घार वितरण
फाइल तस्बिर

तमानखोला गाउँपालिकाले तीन लाख रूपैयाँमा घार खरिद गरी वितरण गरेको हो।

images
images

ढोरपाटन- बागलुङको तमानखोला गाउँपालिकाले २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ। पालिकाले तीन लाख रूपैयाँमा घार खरिद गरी वितरण गरेको हो।

images
images
images

एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सीप सिकाएर मौरी र घार वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताइन्। अनुदानलगायत प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ।

images
images

तमानखोला क्षेत्र मौरीपालकका लागि उपयुक्त भएको हुँदा पहिलो चरणमा एकएक घार उपलब्ध गराएको तथा व्यावसायिक रूपमा काम गरेमा थप सहयोग गर्ने उनले बताइन्।

images
images
images

'एकल महिलाई यस वर्ष सीप सिकाएर व्यवसायसँग जोडौँ भन्ने हिसाबले मौरीपालनसम्बन्धी तालिम र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ,' उपाध्यक्ष छन्त्यालले भनिन्।

तमानखोला गाउँपालिका-६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने योजना सुनाइन्। रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend