शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

मुद्दा मिलाइदिन्छु भन्दै १ लाख ७० हजार रुपैयाँ ठगी गर्ने पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २१ २०८२
images
images
मुद्दा मिलाइदिन्छु भन्दै १ लाख ७० हजार रुपैयाँ ठगी गर्ने पक्राउ

कसैले काम गराइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेमा प्रमाणसहित प्रहरीमा उजुरी गर्न प्रहरी नायब उपरीक्षक पासवानले आग्रह गरे।

images
images

काठमाडौं- सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै १ लाख ७० हजार रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरका प्रमोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। 

images
images

उनका अनुसार, सिरहा नगरपालिका-१६ माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा मुद्दा मिलाइदिने भन्दै महतोले रकम लिएका थिए। विवेककी आमा रानीदेवी यादवले आफूसँग उनले २०८१ असार २७ मा १ लाख ७० हजार लिएको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ। 

images
images
images

पीडितको जाहेरीका आधारमा प्रमोदलाई सोमबार पक्राउ गरी प्रहरीले जिल्ला अदालत सिरहाबाट चार दिनको म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको छ।

कसैले काम गराइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेमा प्रमाणसहित प्रहरीमा उजुरी गर्न प्रहरी नायब उपरीक्षक पासवानले आग्रह गरे।


प्रकाशित : बुधबार, जेठ २१ २०८२१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend