भोजपुर- जिल्लाको देउराली-भंगेरी-पालुवा-गुम्बा सडक स्तरोन्नति गरिएको छ। एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो।
भोजपुर नगरपालिका-६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार वडाको प्रयासमा धनकुटास्थित सघन सहरी कार्यालयको एक करोड, केन्द्र सरकारको ६० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाख रूपैयाँमा नौ किलोमिटर देउराली-भंगेरी-पालुवा-गुम्बा सडक स्तरोन्नति भएको छ।
अब यो सडकमा सहजरूपमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने छ। 'देउराली-भंगेरी-पालुवा-सडकखण्डको स्तरोन्नति गरेका छौँ', वडाध्यक्ष कार्कीले भने।
यो भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक हो। वडामा सानाठूला गरी १७ वटा सडक रहेकामा सबैको स्तरोन्नति गरिएकाले स्थानीयका घरसम्म एम्बुलेन्सलागयत अत्यावश्यक सवारीसाधन पुग्नसक्ने बनाइएको छ। रासस