बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

images
मंगलबार, जेठ २० २०८२
images
images
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

अन्नपूर्ण गाउँपालिकाले प्रथम आरोहण टोलीको अगुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरेको हो।

images
images

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ। 

images
images
images

अन्नपूर्ण गाउँपालिकाले प्रथम आरोहण टोलीको अगुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरेको हो। 

images
images

अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले अनावरण गरे।

images
images
images

उक्त स्थानमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुल्ला सङ्ग्रहालय पनि स्थापना भएको छ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भइ हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण हीरक महोत्सव मनाइएको हो। रासस


प्रकाशित : मंगलबार, जेठ २० २०८२१६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend