बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतको भेट, ऊर्जाको अनुभव र प्रविधि आदानप्रदानमा छलफल केन्द्रित

images
मंगलबार, जेठ २० २०८२
images
images
ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतको भेट, ऊर्जाको अनुभव र प्रविधि आदानप्रदानमा छलफल केन्द्रित

भेटमा नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत गुआनीले उरुग्वेले वायु ऊर्जा र नवीकरणीय ऊर्जामा राम्रो अनुभव हासिल गरेको भन्दै उक्त अनुभवसहित प्रविधि हस्तान्तरण आदानप्रदान गर्न सकिने बताएका छन्।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बर्टो ए गुआनीले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रको सहकार्यका विविध विषयमा छलफल भएको छ।

images
images
images

भेटमा ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न दातृ निकायको साथ र सहयोग आवश्यक रहेको बताएकाे मन्त्रीकाे निजी सचिवालयले जानकारी दिएकाे छ।

images
images

मन्त्री खड्काले वायु र सौर्य ऊर्जामा उरुग्वेको सफलताको उच्च मूल्यांकन गर्दै नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग र लगानीका सम्भावना पहिचान गर्न आग्रह गरेका छन्। व्यापार, ऊर्जा क्षेत्रमा लगानी दिगो विकास तथा पर्यटनको क्षेत्रमा सहकार्य विस्तार गर्न प्रशस्त सम्भावना नेपालले देखेको पनि मन्त्री खड्काकाे भनाइ छ।

images
images
images

भेटमा नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत गुआनीले उरुग्वेले वायु ऊर्जा र नवीकरणीय ऊर्जामा राम्रो अनुभव हासिल गरेको भन्दै उक्त अनुभवसहित प्रविधि हस्तान्तरण आदानप्रदान गर्न सकिने बताएका छन्।

उनले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालको सीप, अनुभव र दक्षता उरुग्वेलाई काम लाग्ने भएकाले अनुभव आदानप्रदान गर्न सकिने उल्लेख गरे। भेटमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीको समेत उपस्थिति रहेको थियो।


प्रकाशित : मंगलबार, जेठ २० २०८२१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend