आइतबार, वैशाख २३ गते २०८१    
जथाभाबी प्लटिङको कुरूप विकासमा काँठ [फोटोफिचर]

जथाभाबी प्लटिङको कुरूप विकासमा काँठ [फोटोफिचर]

बिजनेस न्युज

काठमाडौं- काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ। बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ।

images
images
images

काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो। यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरु सुक्न थालेका छन्। काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहास र सभ्यतासँग गाँसिएको छ। उपत्यकाको रैथाने वस्ति अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुँदैछ।

सम्पन्न शहरको नाममा काठमाडौं उपत्यकाको कान्लाभित्ता ताछिएका छन्। अनाधिकृत रुपमा, इञ्जिनियरिङ अध्ययनबिना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ। उपत्यका वरपर काँठ क्षेत्र घुमेर न्युज एजेन्सी नेपालले केही तस्बिरहरू लिएको छ-

kath ma dozer (2).jpg
        बुढानिलकण्ठ चिसेनी हाइट
kath ma dozer (3).jpg
        बुढानिलकण्ठमा गरिएको जग्गा प्लटिङ 
kath ma dozer (4).jpg
        भक्तपुर सुर्यविनायक डोकाथली गाउँ
kath ma dozer (5).jpg
        भक्तपुरको गुण्डु अनन्तलिंगेश्वर दधीकोट गाउँ
kath ma dozer (6).jpg
        ललितपुर गोदावरीको न्यौपाने गाउँ
kath ma dozer (7).jpg
        ललितपुरको चापागाँउस्थित टाहाखेल शेरा फाँट 
kath ma dozer (8).jpg
        ललितपुरको झरुवाराशी फाँट
kath ma dozer (9).jpg
        ललितपुरको ढुंगे साँघु
kath ma dozer (10).jpg
        ललितपुरको बज्रवाराही मन्दिरको जंगलनजिकै
kath ma dozer (11).jpg
        ललितपुरको विशंखु नारायण नजिकैको भीर


प्रकाशित : शनिबार, माघ २९ २०७८०९:३५

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार