बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

images
मंगलबार, जेठ २० २०८२
images
images
विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पाँच वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको उनले सुनाए। आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषिकर्म गर्न सके स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने अनुभव उनकाे छ।

images
images

भोजपुर- भोजपुर नगरपालिका-६ भंगेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन्। विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा सम्लग्न भएका हुन्।

images
images
images

अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेका छन्। पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा छाडेको उनकाे भनाइ छ। आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द भएको किसान तामाङले बताए।

images
images

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पाँच वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको उनले सुनाए। आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषिकर्म गर्न सके स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने अनुभव उनकाे छ।

images
images
images

‘धेरै युवामा विदेशप्रति मोह बढेको देखिन्छ तर, विदेशको दुःख त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ। विदेशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचका साथ यो व्यवसायमा लागेको छु। त्यहाँको मेहनत यहाँ गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ’ उनले भने। माछापालनसँगै यहाँ व्यावसायिक कुखुरा र बङ्गुर गर्ने योजनाका साथ काम गरिरहेका छन्। 

व्यवसायबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य रहेको तामाङले बताए। पहाडी क्षेत्रका पोखरीबाट उत्पादन भएको माछा बजारमा प्रतिकेजी ६ सय ५० देखि ७ सय रुपैयाँमा बिक्री हुन्छ।भोजपुर-६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार व्यवसायमा लाग्ने युवाहरूलाई लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको छ।

स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि गाउँघरमा व्यवसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको छ। किसानलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा वडा तथा नगरपालिकाबाट सहयोगका कार्यक्रम सञ्चालन भइरहको छ। किसानलाई प्रोत्साहन गर्न वडाले व्यावसायिक योजनाका आधार आवश्यक सहयोग गर्दै आएको छ।

भोजपुर सदरमुकामसँग जोडिएको वडा भएकाले किसानले व्यावसायिक माछापालन, तरकारीखेती तथा नगदेबालीको खेतीबाट मनग्य आम्दानी गर्दै आएको वडाध्यक्ष कार्कीले बताउँछन्। किसानलाई आयआर्जनमा जोड्न कृषिको क्षेत्रमा वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको वडाध्यक्ष कार्कीले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, जेठ २० २०८२१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend