आइतबार, भदौ २३ गते २०८१    
images
images

टेलिकमको नाफा १८ प्रतिशतले बढ्यो, सेयर बजारमा कस्तो असर पर्ला?

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ २९ २०७८
images
images
टेलिकमको नाफा १८ प्रतिशतले बढ्यो, सेयर बजारमा कस्तो असर पर्ला?
images
images

काठमाडौं- लगानीकर्ताको रोजाई परेको टेलिकमको सेयर सम्रगमा बजार घट्दा पनि बढिरहेको छ। लगानीकर्ताको रोजाईमा परेको टेलिकमले चालु आवको दास्रो त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा १ अर्ब ४८ करोड २३ लाख ३ हजार (अर्थात, ८.३६ प्रतिशत) ले वृद्धि भई १९ अर्ब २० करोड ७२ लाख १६ हजार रुपैयाँ भएको छ।

images
images
images

टेलिकलमे गत आव को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको कुल आय  २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा कुल आय  १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार (अर्थात ६.८७ प्रतिशत) ले वृद्धि भई २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार भएको जनाएको छ।

यसैगरी गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा मात्र कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) को मात्र कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार (अर्थात, ३.७७ प्रतिशत) ले वृद्धि भई  ९ अर्ब ४३ करोड १९ लाख २३ हजार पुगेको छ।

गत आवकोे द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) मा  ६० करोड ८४ लाख ८१ हजार (अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ। 

images

टेलिकलको सेयर बढन् सक्ने आधार

समग्र सेयर बजार घट्दा पनि नेपाल टेलिकमको सेयर मूल्य भने बढेको छ। पछिल्लो समयको तथ्यांकलाई हेर्ने हो भने टेलिकमको सेयर लगानीकर्ताको आकर्षणमा परेको छ। लभांश घोषणा हुने अन्तिम समय भएकोले पनि लगानीकर्ताहरू नाफा बुक गर्नका लागि टेलिकमको सेयर खरिद गरिरहेका छन्।

यस साताको बुधबार मात्रै पनि २२ अंकले नेप्से परिसूचक घटेको भए पनि टेलिकमको सेयर मूल्य भने प्रतिकित्ता ९.९० रुपैयाँ बढेर १५९९.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसैगरी बिहीबार पनि २४।९० रुपैयाले बढेर टेलिकमको सेयर प्रतिकित्ता १६२४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

अघिल्लो वर्षको नाफाबाट ४० प्रतिशत लाभांश दिएको कम्पनीले यसवर्षपनि सोही हाराहारीमा नगद लाभांश दिने सम्भावना रहेको छ। केही समय अगाडि बोनस सेयरसम्मको चर्चा चले पनि यसपटक पनि त्यो सम्भावना छैन। 

बोनस सेयर दिएर चुक्ता पुँजी बढाउने दबाबमा रहेकोले यस वर्ष पनि नगद लाभांश मात्रै दिने तयारी टेलिकमको रहेको छ। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९७२ रुपैयाँ रहेको थियो। अधिकतम भने १६१० सम्म पुगेको थियो। 

खासगरी नाफा राम्रो कमाएकाले लाभांश बढी दिने आशामा लगानीकर्ता केन्द्रित भएका छन्। गत वर्ष ४० प्रतिशत नगद लाभांश दिएको थियो। यसवर्ष पनि कम्पनीको क्षमता ४० देखि ५५ प्रतिशतसम्म लाभांश दिने देखिन्छ। तर लगानीकर्ताहरूले पछिल्लो समय नेपाल टेलिकमले बोनस सेयर दिने हल्ला गराएका छन्। गत वर्ष पनि बोनस सेयरको हल्ला चलाएर ७ सय रुपैयाँमा कारोबार भएको सेयर १२ सय पुर्‍याएका थिए। 

यस वर्ष पनि बोनस सेयरको हल्ला चलाइएको छ। तर १० वर्षको इतिहासमा हालसम्म नगद मात्रै लाभांश दिएको छ। कम्पनीको १५ करोड कित्ता सेयर रहेको छ। १५ अर्ब रुपैयाँ चुँक्ता पुँजी रहेको छ। कम्पनीको बजार पुँजीकरण २ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ।कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : शनिबार, माघ २९ २०७८०७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend