शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच भेटवार्ता, श्रम सम्झौता गर्ने तयारी

images
शुक्रबार, वैशाख १२ २०८२
images
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच भेटवार्ता, श्रम सम्झौता गर्ने तयारी

मन्त्री भण्डारीले द्विपक्षीय सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको पनि सचिवालयले जनाएको छ।

images
images

काठमाडौ‌- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ। शुक्रबार मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने विषयमा द्विपक्षीय छलफल भएको हो।

images
images
images

मन्त्रीको निजी सचिवालयका अनुसार उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएकाले द्विपक्षीय श्रम सम्झौता गर्न प्रक्रियासहित उपप्रमुख मेसिनोभिकले प्रस्ताव अघि सारेका छन्। मन्त्री भण्डारीले द्विपक्षीय सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको पनि सचिवालयले जनाएको छ।

images
images

पछिल्लो समय युरोपका विभिन्न देशहरूसँग नेपाली श्रमिक लैजाने सम्बन्धमा द्विपक्षीय श्रम सम्झौता तथा गृहकार्य अगाडि बढिरहेको छ। सोहीअनुसार बोस्निया पनि नेपाली कामदारका लागि नयाँ श्रम गन्तव्य बन्नसक्ने भएकाले श्रम सम्झौता गर्न छलफल गरिएको उनको भनाइ छ।

images
images

नेपाली श्रमिकका लागि आवश्यक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमार्फत वैदेशिक गन्तव्यमा पठाउन श्रम मन्त्रालयले पहल थालेको मन्त्री भण्डारीले जानकारी दिए। बोस्नियाबाट जनशक्ति माग भए सोहीअनुसार दक्ष जनशक्ति तयार गरी रोजगारीका लागि पठाइने पनि उनको भनाइ छ। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२१८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend