शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

तम्घास-सिमलटारी सडकमा ४ वटा पक्की पुल निर्माण, वर्षौँदेखिको सास्ती हट्यो

images
शुक्रबार, वैशाख १२ २०८२
images
तम्घास-सिमलटारी सडकमा ४ वटा पक्की पुल निर्माण, वर्षौँदेखिको सास्ती हट्यो

हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएको आयोजना कार्यालयले जनाएको छ।

images
images

गुल्मी- मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास-सिमलटारी सडकमा ५ वटा पक्की पुल निर्माण भएका छन्। मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो सडकमा पुल बनेका हुन्।

images
images
images

हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएको आयोजना कार्यालयले जनाएको छ। पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल ३ करोड ३२ लाख ६८ हजार ६३६ र घमिरखोला पुल ३ करोड १३ लाख ८४ हजार २३४ मा निर्माण सम्झौता गरेको थियो। 

images
images

त्यस्तै, सुनिल समिर निर्माण सेवाले २०७९ साल जेठमा हुलाके खोला पुल ५ करोड ७९ लाख ५३ हजार ३३५ र धनार्जी खोला पुल ७ करोड ४८ हजार ९९३ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो। ४ वटा पुलको कुल लागत १९ करोड २६ लाख ५५ हजार २०१ रुपैयाँ रहेको मदन भण्डारी राजमार्ग आयोजनाका सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए।

images
images

फूलबारी खोला पुल २०, घमिर खोला पुल १५, धनार्जे खोला पुल ३५ र हुलाके खोला पुल २५ मिटर लम्बाइका छन्। पुल निर्माण भएपछि इस्मा, धुर्कोट, मदाने, मालिकालगायतका नागरिकलाई राहत मिलेको छ। खासगरी वर्षायाममा पानीको बहाव बढी हुँदा यातायातमा निकै समस्या हुने गरेको थियो।

विद्यार्थीहरूलाई विद्यालय जान, समयमै गन्तव्यमा पुग्न कठिन हुने गरेकामा अहिले सहज भएको छ। तम्घास-सिमलटारी सडकको ४ स्थानमा पुल निर्माण नहुँदा गाडी फस्ने, पल्टिने, आवतजावत गर्न नसकेर वर्षौंदेखि नागरिकले सास्ती खेप्नु परेको थियो। समयमै पुल निर्माण नहुँदा नेता र नेतृत्वले निकै आलोचना पनि खेप्दै आएका थिए।

अहिले ४ वटा पक्की पुल एकै पटक निर्माण भएका छन्। जसले गर्दा गुल्मी पश्चिमका ५ स्थानीय तहसँगै प्यूठानका नागरिकलाई समेत सहज भएको छ। ‘पुल नबन्दा धेरै जोखिम थियो, नागरिकले धेरै सास्ती खेप्नुपरेको थियो’, इस्मा गाउँपालिका-२ पालुखा माविका शिक्षक बाबुराम पन्थी भन्छन्, ‘अहिले धेरै सहज भएको छ।’

२८ किलोमिटरको तम्घास-सिमलटारी सडक कालोपत्र भएपछि इस्मा, मालिका, धुर्कोट र मदानेसहित प्यूठानका स्थानीयहरूलाई समेत यात्रामा लाग्ने समय घटेको छ। सडकको अहिलेको अवस्था मात्रै नभएर भोलिको भविष्य सम्झेर होटल तथा विभिन्न व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ।

छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फूलबारी र सिमलटारीलगायत स्थानमा होटल, ग्यारेज, फेन्सी, डेरी तथा व्यावसायिक तरकारी तथा पशुपालनको कामहरू भइरहेको इस्मा गाउँपालिका-६ का अगुवा कृषक कृष्ण घिमिरेले बताए। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२१७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend