शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

शिथिल अर्थतन्त्रले खराब कर्जामा वृद्धि र सम्पत्तिको गुणस्तरमा ह्रास ल्याएको राष्ट्र बैंकको प्रतिवेदन

पुँजीकोषमा पनि दबाब

images
बुधबार, वैशाख १० २०८२
images
शिथिल अर्थतन्त्रले खराब कर्जामा वृद्धि र सम्पत्तिको गुणस्तरमा ह्रास ल्याएको राष्ट्र बैंकको प्रतिवेदन

बढ्दो खराब कर्जा बैंकहरुको प्रवाह गरेका कर्जाको गुणस्तर कम हुँदै जानु अर्थतन्त्रमा चिन्ताको विषय रहेको प्रतिवेदनमा भनिएको छ।

images
images

काठमाडौं- राष्ट्र बैंकले बैंकहरुको पुँजीकोष दबाबमा रहेको दाबी गरेको छ। राष्ट्र बैंकद्वारा सार्वजनिक वित्तीय स्थायित्व प्रतिवेदनमा बैंकहरुको पर्याप्त पुँजीकोष अनुपात बिस्तारै घट्दोक्रममा रहेको तथ्यांक छ।

images
images
images

सन् २०२० मा १४.१६ प्रतिशत रहेको बैंकहरुको औसत पुँजीकोष अनुपात सन् २०२४ को अन्त्यसम्म आइपुग्दा १२.९२ प्रतिशतमा आएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।

images
images

यस्तै प्राथमिक पुँजीकोष पनि सन् २०२० पछि तीव्ररुपमा घटिरहेको तथ्य राष्ट्र बैंकले प्रस्तुत गरेको छ। सन् २०२० मा १२.०१ प्रतिशत रहेको बैंकको प्राथमिक पुँजीकोष २०२४ को अन्त्यमा आइपुग्दा १०.२० प्रतिशतमा आएको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

images
images

पुँजीकोषमा दबाब देखिए पनि नेपालका बैंकहरुको पुँजी भने बलियो नै रहेको प्रतिवेदनमा भनिएको छ। पुँजीकोषका आधारमा फाइनान्स कम्पनीहरु बढी मजबुत रहेका छन्। यस्तै फाइनान्स कम्पनीहरुको तुलनामा विकास बैंक र विकास बैंकको तुलनामा वाणिज्य बैंकहरुमा पुँजी दबाब रहेको प्रतिवेदनले देखाएको छ।

अर्थतन्त्रमा देखिएको शिथिलताले बैंकहरुको सम्पत्तिको गुणस्तर घट्दै जानु चिन्ताको विषय भएको प्रतिवेदनमा भनिएको छ। सन् २०२४ मा बैंकहरुको निष्कृय कर्जा बढेर ३.८६ प्रतिशत पुगेको तथ्य प्रस्तुत गरिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकहरुको औसत खराब कर्जा बढेर ५ प्रतिशतको हाराहारीमा आइपुगेको छ।

बढ्दो खराब कर्जा बैंकहरुको प्रवाह गरेका कर्जाको गुणस्तर कम हुँदै जानु अर्थतन्त्रमा चिन्ताको विषय रहेको प्रतिवेदनमा भनिएको छ।

गत वर्ष निर्माण क्षेत्रको निष्कृय कर्जा सबैभन्दा धेरै बढेको छ। गत वर्ष निर्माण क्षेत्रको निष्कृय कर्जा ७.२८ प्रतिशतले बढेको छ।

यस्तै माछापालनतर्फको खराब कर्जा ६.६५ प्रतिशत, कृषिको ६.२२ प्रतिशत, धातु उत्पादनतर्फको ६.२२ प्रतिशत, मेसिनरी तथा उर्जा उत्पादनतर्फको खराब कर्जा ६.०९ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ।

समीक्षा अवधिमा कुल खराब कर्जामध्ये ३ महिनाभन्दा बढी अवधि भाखा नाघेका कमसल कर्जा २४.९२ प्रतिशत, ६ महिनासम्म भाखा नाघेका शंकास्पद १६.९५ प्रतिशत र १ वर्षभन्दा बढी नाखा नाघेका कर्जा ५६.६६ प्रतिशत रहेको छ। 

१ वर्षभन्दा बढी अवधिसम्म कर्जा नतिर्ने प्रवृत्ति बढ्दै जानु अर्थतन्त्रका लागि चिन्ताको विषय बन्दै गएको प्रतिवेदनमा भनिएको छ।

बैंकहरुको पुँजीकोषमा देखिएको दबाब र खराब कर्जामा भएको वृद्धिसँगै बैंकहरुको नाफामा असर परेको छ। जसले गर्दा गत आर्थिक वर्ष बैंकहरुको नाफा ७.२२ प्रतिशतले घटेको छ। 

अघिल्लो आर्थिक ७६ अर्ब ९९ करोड रूपैयाँ रहेको बैंकहरुको खुद नाफा गत वर्ष घटेर ७१.४३ करोडमा खुम्चिएको छ। यस्तै बैंकहरुको आरओए र आरओई घट्न थालेको प्रतिवेदनमा भनिएको छ। गत आर्थिक वर्ष बैंकहरुले पर्याप्त तरलता कायम गरेको प्रतिवेदनमा भनिएको छ।

राष्ट्र बैंकले २० प्रतिशत तोकेको तरलता अनुपात गत आर्थिक वाणिज्य बैंकहरुको २६.५३ प्रतिशत, विकास बैंकहरुको २४.८३ प्रतिशत र फाइनान्स कम्पनीहरुको ३२.०८ प्रतिशत रहेको थियो। बैंकहरुको कुल गार्हस्थ्य उत्पादनको तुलनामा बैंकहरुको कर्जा लगानी अनुपात भने बढ्दै गएको छ।

बैंकहरुको क्रेडिट टु जीडीपी अनुपात ९०.६३ प्रतिशत कायम भएको छ। यस्तै बैंकहरुको ब्याजदरहरु घट्दै गएको  र अधिक तरलता भए पनि अर्थतन्त्रमा माग संकुचित भएकाले कर्जा विस्तार हुन नसकेको तथ्य प्रतिवेदनमा समावेश गरिएको छ।

यस्तै मुलुकको बाह्य तथा शोधनान्तर स्थिति बचतमा रहेको बताइएको छ। 

उपभोक्तामा आधारित मुद्रास्फीति सामान्यरुपमा बढे पनि मुद्रास्फीति सरकारले तोकेको सीमाभित्र रहेको उल्लेख गरिएको छ। रेमिट्यान्समा भएको वृद्धि, आयातमा आएको कमीले सञ्चितिसमेत सहज अवस्थामा रहेको बताइएको छ।


प्रकाशित : बुधबार, वैशाख १० २०८२१८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend