मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

आन्तरिक राजस्व कार्यालय भरतपुरका तीन हजारभन्दा बढी करदाताले बुझाएनन् आय विवरण

images
मंगलबार, वैशाख ९ २०८२
images
आन्तरिक राजस्व कार्यालय भरतपुरका तीन हजारभन्दा बढी करदाताले बुझाएनन् आय विवरण

पुस मसान्तभित्र आय विवरण बुझाइसक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन्।

images
images

चितवन- आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन्। पुस मसान्तभित्र आय विवरण बुझाइसक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन्।

images
images
images

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ। पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए पनि अहिलेसम्म उनीहरुले नबुझाएका हुन्। ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताए। 

images
images

उनले भने, 'पुस मसान्तसम्म चार हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो तीन महिनामा ९०० करदाताले विवरण बुझाएका छन्।' यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाताहरुलाई भेट्ने र आय विवरण बुझाउन अनुरोध गर्ने गरेका छन्।

images
images

विवरण नबुझाउँदा शुल्क र ब्याज करदाताले तिर्नुपर्ने भएकाले ब्याजबाट जोगिन करदाताहरुलाई उनले आग्रह गरे। कार्यालयका अनुसार यहाँ ७२ हजार ५६२ करदाता छन्। आय विवरण बुझाउन र कर बुझाउनका लागि करदाता शिक्षा, प्रचारप्रसार, पम्प्लेट वितरण, माइकिङ, संकलन भ्रमण र स्थानीय तहसँग समन्वयलगायतका काम भइरहेका छन्।

कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ९० दशमलव ३८ प्रतिशत कर संकलन गरेको छ। गत चैत मसान्तसम्म १६ अर्ब ५८ करोड ३२ लाख ९६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। सो अवधिभित्र राजस्व विभागले १८ अर्ब ३४ करोड ६९ लाख १० हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। 

गत आर्थिक वर्षको सोही समयमा कार्यालयले १३ अर्ब ९३ करोड ८३ लाख १० हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। सो समयमा विभागले १९ अर्ब ८९ करोड ६४ लाख १९ हजार रूपैयाँ लक्ष्य तोकेको थियो। विभागले तोकेको लक्ष्यको ७० दशमलव ०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend