सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

images
सोमबार, वैशाख ८ २०८२
images
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो।

images
images

तनहुँ- व्यास नगरपालिका-१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै रहेको छ।

images
images
images

निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो। भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो।

images
images

निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कविहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।

images
images

सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना अघि बढाइएको थियो। विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताए।

उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति रहेको छ। 'तीन पटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ', उनले भने।

व्यवस्थापक श्रेष्ठका अनुसार अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिजर्भ टयांकी निर्माण गरिएको छ।

तर ५० हजार लिटर क्षमताको टयांकी निर्माण कार्य अधुरै छ। १९ करोडको लागतमा उक्त आयोजना निर्माण कार्य अघि बढाइएको हो। 'निर्माणमा  ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भएको छ', उनले भने।

व्यास-४ चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो। 

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भएको हो। संस्थाले हालसम्म दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ।

व्यास-१३ करादी खिरखादी मुहानबाट ल्याएर पानी वितरण गरिँदै आएको छ। सो क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानी अभाव भएको हो। उक्त अभाव पूरा गर्न वैकल्पिक खानेपानीको रूपमा मादी नदी लिफ्टिङ खानेपानी योजना निर्माण अघि बढाइएको व्यवस्थापक श्रेष्ठले बताए। रासस


प्रकाशित : सोमबार, वैशाख ८ २०८२१६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend