सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

कर नबुझाउने १२२ करदातामाथि कारबाही : बैंक खातासँगै सम्पूर्ण कारोबार र आयात-निर्यात रोक्का गरिँदै

images
सोमबार, वैशाख ८ २०८२
images
कर नबुझाउने १२२ करदातामाथि कारबाही : बैंक खातासँगै सम्पूर्ण कारोबार र आयात-निर्यात रोक्का गरिँदै

कर नबुझाएका करदाताबाट करिब ६० करोड रूपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ।

images
images

बागमती- आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ।

images
images
images

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए।

images
images

कर नबुझाएका करदाताबाट करिब ६० करोड रूपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ।

images
images

'पटक-पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ', प्रमुख कर अधिकृत सुवेदीले भने, 'त्यही भएर हामीले करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ।'

कानूनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उनको भनाइ थियो। 

यस्तै आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा चार अर्ब ८७ करोड ५९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो।

कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ को नौ महिनाको अवधिमा ६ अर्ब चार करोड ५४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा चार अर्ब ८७ करोड ५९ लाख ६ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

चालु आव २०८१/८२ मा आठ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको प्रमुख सुवेदीले बताए। सो कार्यालयमा आयकरतर्फ ३४ हजार २२९, मूल्य अभिवृद्धि तर्फ पाँच हजार ९५३, अन्तशुल्कतर्फ एक हजार ६११, विथहोल्डतर्फ ७१३ र व्यक्तिगत तर्फका ८४ हजार ४२९ करदाता रहेका छन्।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ। रासस


प्रकाशित : सोमबार, वैशाख ८ २०८२१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend