लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले २०८१ बैशाखको अन्तिमबाट नेपालमै हुन्डाईका कार एसेम्बल सुरु गरेको थियो। नेपालको पहिलो कार एसेम्बल उद्योगबाट भेन्यु कार उत्पादन भएको हो। अहिले लक्ष्मी मोटर कर्पोरेसनले क्रेटा कार पनि बनाउन थालिसकेको छ।
यही सन्दर्भमा हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियासँग बिजनेस न्युजले एक वर्षको उत्पादन अनुभव, अबको योजनालगायत विषयमा गरेको कुराकानी:
नेपालमा लक्ष्मी समूहले गाडी आयातबाट उत्पादन सुरु गरेको करिब एक वर्ष हुन लाग्यो? यो बीचमा कस्तो अनुभव रह्यो?
आयात गरेर बिक्री गर्ने सहज अवस्थाबाट नेपालमै गाडी बनाएर बिक्री गर्ने कुराको अपरिहार्यताबाटै जाउँ। बनिबनाउ गाडी आयात गरेर बिक्री गर्नु र यही बनाएर उपभोक्तालाई दिन के फरक छ भन्ने कुरा बुझ्नुपर्छ। अटोमोबाइलमा लक्ष्मी समूह हुन्डाईबाट प्रवेश गरेको २००९ तिर हो। यो लामो अुनभवले हामीलाई नेपालमा एसेम्बल तथा उत्पादन गर्ने विषयमा जानुपर्ने कुरा लागि नै रहेको थियो।
त्यही भएरर हामीले धेरै देशका परिस्थितिलाई नजिकबाट हेरिरहेका थियौँ। युरो तथा एसियाका केही देश र विशेषगरी दक्षिण एसियामा भएका प्राक्टिसहरुलाई हेरिरहेका थियौँ। उत्पालन तथा औद्योगीकरणतर्फ जाने कुरामा एसेम्बलबाटै सुरु हुने हो। हामीले निकै राम्रो सटेअप बनाएर जानेगरी काम गरेका हौँ। सामान्यतया यो ऐम्बललाई सामान्य पजल मिलाएजस्तो गरी बुझ्ने गरिएको छ। तर यो दृष्टिकोण पूरै गलत हो। संसारमा भएका उत्पादनमा पनि प्रेससप, पेन्टसप, एसेम्बल सप हुन्छ र यी सबैलाई व्यवस्थापन गर्ने कुरा हुन्छ।
जति पनि एसेम्बल सप हुन्छ त्यो जहाँ गरे पनि एउटै हुन्छ। विभिन्न ठाउँमाबाट पार्ट्स ल्याएर नै एसेम्बल हुने हो। त्यसपछि डिजाइन, टेस्टिङ, लाइनअप म्यानेजमेन्टलगायत धेरै काम गर्नुपर्ने हुन्छ। त्यसमा स्थानीय रुपमा पार्ट्स उत्पादन गरेर कति र कसरी भ्यालुएड गर्ने भन्ने कुरा हुन्छ।
हामीले यहाँ यो एक वर्षको अवधिमा दक्ष जनशक्ति र नलेजबेस चाहिँ व्यापकरुपमा चाहिने रहेछ भन्ने बुझ्यौँ। नेपालको अटोमोटिभ उद्योगमा धेरै गर्न सकिन्छ र फोर ह्वीलरमा पनि सकिन्छ भनेर हामीले काम अघि बढाएका हौँ। नेपालमा अहिले एसेम्बल सप र टेस्ट सप चाहिँ हुन्छ। अहिले प्रेससप र पेन्टसप चाहिँ अन्त भइसकेको बाट नै ल्याउनुपर्ने हुन्छ। अहिले हामीले एसेम्बलसपलाई भने रियल एसेम्बलसपकै रुपमा काम गरिरहेका छौँ।
यसपछि प्रेससप तथा पेन्टसपमा पनि जान सकिन्छ भनेर अध्ययन गरिरहेका छौँ। यसका लागि वर्कआउट गरेर जाने भन्ने छ। तर एसेम्बल सपमा काम गर्दा पनि नलेजदेखि दक्ष जनशक्तिलाई ट्रेन्ड गराउँदै जान सकिन्छ। एसेम्बल सपलाई अटोमेटिक, सेमिअटोमेटिक मेसिनहरु राखेर बनाएका छौँ।
समग्रमा यही प्रक्रियाबाट जाँदा नेपालमा एसेम्बल गर्न सकिने रहेछ भन्ने पाएका छौँ। हामी एसिया तथा एसिया प्यासिफिक रिजनको सेमिनारहरुमा जाँदा सबैजसो देशहरु यही मोडालिटीमा भएको देख्यौँ। इन्जिनियरिका हिसाबले पनि यही मोडालिटी ठिक हुने रहेछ भन्न देखियो।
म आफै पनि इन्जिनियरिङ ब्याग्राउन्डको मान्छे। नेपालमा सर्भिस ओरियन्टेड बिजनेस भएकाले इन्जिनियरिङ उपयोग त हुँदैन होला, एउटा बिन्दुमा पुगेपछि विदेशिनुपर्छ होला भन्ने लागेको थियो। तर परिस्थितिले नयाँ इन्जिनियरहरुलाई पनि धेरै नलेज इनह्यान्स गर्ने अवसर निलेको छ। हामीले पूर्णरुपमा एसेम्बल सप चलायौँ भने त्यो अझै बढ्नेछ।
अहिले हाम्रो बजारको मागअनुसार धेरै उत्पादन गर्नुनपर्ने भएकाले पूर्णरुपमा चलेको छैन। ज्ञान र अनुभवका हिसाबमा धेरै पायौँ। तर उपभोक्ताको हिसाबमा प्रोडक्ट हो। सुरुमा भेन्युबाट सुरु गरेको अहिले भेन्युको दुई मोडल बनाइरहेका छौँ। त्यसपछि क्रेटामा भने हामीले चारवटा ट्रिम नै सुरु गरेका छौँ। उपभोक्ताको रुपमा के पाएँ भन्ने कुरा मलाई नै पनि हुन सक्ला। मूल्यका हिसाबमा क्रेटामा भने उपभोक्ताले त्यो भन्ने अवस्था छैन।
आयात गरेर बिक्री गर्दा र नेपालमै उत्पादन गरेर बिक्री गर्दा उपभोक्ताले लाभ पाउने अवस्था देखियो?
सुरुमा हामीले भेन्युबाट उत्पादन सुरु गरेका हौँ। सुरुवाती मोडल भएको र त्यसमा एउटामात्र मोडल बनाएकाले उपभोक्ताले महसुस गर्नेगरी मूल्यमा धेरै फरक आएन। यसमा मुख्य कुरा भनेको सरकारले नै कम सहुलियत दिएकाले धेरै फरक पाउन गाह्रो छ।
सरकारले दिएको सहुलियतलाई त्यो फ्याक्ट्रीको अप्रेसनका लागि केही राखेर हामीले त्यसलाई अधिकतम उपभोक्तालाई हस्तारन्तरण गर्ने प्रयास गरेका छौँ। क्रेटा उत्पालन हुन थालेपछि हामीले उपभोक्ताले महसुस गर्नेगरी ९ लाख रूपैयाँसम्म मूल्य कम गर्न सकेका छौँ। उपभोक्ताभन्दा बाहेक हामी तथा सरकारले पनि पक्कै राम्रो फरक महसुस गरेका छौँ। हामीले पाएको भनेको नलेजबेस हो। यसले अन्य व्यवसायीलाई पनि उत्प्रेरित गर्छ हो।
यसका साथै नेपालमै इन्जिनियरिङ तथा प्राविधिक अध्ययन गरेका नयाँ पुस्तालाई यही विश्वस्तरीय कामको अवसर मिलेको छ। अहिले नै पनि हामीले नयाँ पासआउट भएका ५०/६० जनालाई त्यहाँ अवसर दिएका छौँ। सुरुवाती समयमा प्रत्यक्ष मूल्यमा भन्दा यसलाई दीर्घकालीन लाभका रुपमा लिनुपर्छ। हाम्रोमा काम गरेर क्यानडा गएका एकजनाले त्यहाँ बीएमडब्लूको एसेम्बल सपमा काम पाउने भएका छन्। यो राम्रो त होइन तर हाम्रो एसेम्ब्ली र यहाँ ट्रेन्ड भएको जनशक्ति गुणस्तरीय रहेछन् भन्ने देखियो।
विश्वभर एसेम्ब्ली प्लान्टलाई स्वदेशमा लगाउन लाउने ट्रेन्ड बढ्दो छ। नेपालमा तपाईँहरूको इनिसिएटिभको महत्त्व के हो र यसले आयात घटाउन मद्दत गर्छ?
विश्व अहिले सेल्फ सफिसेन्सी र लोकलाइज्ड प्रोडक्सनमा जोड दिइरहेको छ। हामीले स्थापना गरेको हुन्डाई एसेम्ब्ली प्लान्टले यही ग्लोबल ट्रेन्डलाई नेपालमा स्थापित गरेको छ। हाम्रो काम गर्ने ढाँचा पनि इन्टरनेसनल हुन्डाई मोटर कम्पनीअनुसार नै छ। अमेरिकामा अहिले त्यही उत्पादन गर्नुपर्ने कुराले व्यापकता पाएको छ।
हरेक देशले यसलाई प्राथमिकतामा राखिरहेका छन्। नेपालमा हामीले त्यसलाई अंगिकार गर्ने प्रयास गरेका हौँ। नेपालले वार्षिक १६ खर्ब हाराहारी आयात गरेर १ खर्बजति निर्यात गर्दै आएको छ। हामीले नेपालमा हुन्डाईका कार एसेम्बल गरेर आयात नै घट्ने कुरा त होइन। तर आयातलाई केही कम गर्न भने सकिन्छ।
नेपालले कुनै पनि कुरा उत्पादन गरेर प्रतिस्पर्धीरुपमा निर्यात गर्न त सक्ने देखिँदैन। बरु हामीले यही हुने उत्पादनलाई प्राथमिकतामा राख्यौँ भने आयात कम गराउन सकिन्छ। पहिले सरकारले अटोमोटिभ आयात गरेको वस्तुबाट २ प्रतिशत लगानीमा ६ प्रतिशत जति राजस्व आम्दानी गर्दै आएको थियो।
आजको दिनमा भने ६ प्रतिशत लगानीमा ३ प्रतिशतमात्र राजस्व आम्दानी गरिरहेको छ। यो ईभी आयातपछि देखिएको सिनारियो हो। यही रेसियोमा आयात हुने हो भने त आयात अझै बढ्ने देखियो। एसेम्बल नै बनाउने हो भने २०/३० वटा कम्पनीले गर्दा एउटा उद्योगले ५ सयलाई रोजगारी दिने हो भने यसको धेरै ठूलो इम्प्याक्ट आउने छ। दक्ष जनशक्ति उत्पादनमा पनि यसको ठूलो भूमिका हुनेछ। अब नेपालले आयात गरेर बिक्री गर्ने नभइ बनाएर बिक्री गर्नेतर्फ लाग्नु पर्छ।
एसेम्ब्ली प्लान्टमा काम गर्ने जनशक्तिलाई कस्तो खालको प्रशिक्षण दिइन्छ?
हाम्रो वर्कफोर्सले विशेष तालिम प्राप्त गर्छन्। हुन्डाईको इन्टरनेसनल स्ट्यान्डर्ड हुन्डाई मोटर कम्पनीअनुसार स्थानीय तथा विदेशी प्रशिक्षकहरूसँग सहकार्य एसेम्बली प्रोसेस, सेफ्टी क्वालिटी कन्ट्रोल, लिन थिंकिङ र टेक्निकल डाइग्गोस्टिकमा एक्सपर्टिज प्रदान, टिम वर्क, प्रडक्टभिटी र एसओपी अनुसार काम गर्ने क्षमता विकास यसले हाम्रो जनशक्तिलाई केवल लेबर नभएर स्किल्ड म्यानपावर बनाएको छ।
हाल नेपालमा कुन कुन गाडी एसेम्बल हुँदैछन्। यसपछिको लाइनअप के के हुन्?
अहिले हामीले दुई मोडेल उत्पादन गरिरहेका छौँ। हुन्डाई भेनु र हुन्डाई क्रेटा। त्यसमा पनि भेन्युको दुई र क्रेटाको चारवटा भेरियन्ट बनिरहेका छन्। हाम्रो यस वर्षको उत्पादन लक्ष्य १२ सय युनिटभन्दा बढी गाडीको रहेको छ। आगामी वर्ष झन थप्ने लक्ष्य छ।
एउटा मोडल परीक्षण गरेर बिक्री गर्नेगरी तयार गर्न ६ महिनाजति समय लाग्छ। त्यसैले बजारको माग र आवश्यकताअनुसार नयाँ कार एसेम्बल गर्दै जानेछौँ। हुन्याईको नामको कार बनाइरहेकाले हरेक नयाँ मोडल आउँदा कम्पनीको सबै स्ट्यान्डर्ड अनुसार बनाउनु पर्ने भएकाले समय लाग्छ।
क्रेटा उतपादन सुरु भइसक्यो। नेपालमा क्रेटा ईभी पनि आइसक्यो। क्रेटा ईभी एसेम्बल गर्ने योजना छैन?
क्रेटा नेपालमा राम्रो रुचाइएको कार हो। क्रेटाकै माथिल्लो लाइनअप पनि थप्ने योजनामा छौँ। यसमा हामीलाई त्यति धेरै कठिन न होला अब। क्रेटा ईभी वा हुन्डाईका अन्य ईभी बनाउने योजना त छ। तर ईभीको ब्याट्री स्टोरेजमा धेरै काम गर्नुपर्ने हुन्छ। यसका लागि अध्ययन सुरु गरेका छौँ। ईभीमा पनि जाने नै हो। हामीले सबै कुराका लागि ढोका खुला राखेर काम गरिरहका छौँ।
एसेम्बलसपबाट प्रेसपस र पेन्टसपमा कहिले जाने योजना छ। र अबको ५-१० वर्षमा कति प्रतिशत भ्यालुएड होला?
सवारी उत्पादनको आधार नै एसेम्बलबाट हो जुन मैले भनिसकेँ। अब रह्यो प्रेससप र पेन्टसपको कुरा। प्रेससपमा जानका लागि ठूलो लगानी चाहिन्छ। धेरै काम रोबटिक मोडमा हुन्छ। त्यसको लागि यहाँ बजारको माग कम्तिमा वार्षिक ८ देखि १० हजार हुनुपर्छ। यो अवस्था नहँदा लगानी गर्न कठिन हुन्छ। त्यसपछि पेन्टसकको कुरा गर्दा हामी त्यसमा जानेगरी नै प्लान्टको निर्माण गरेका छौँ। क्रमिकरुपमा त्यसमा जाने योजना छ नै।
भ्यालुएड कति हुन्छ भनेर अहिले नै यकिन गर्न त सकिँदैन। तर हामीले यसका लागि प्रयासहरु गरिरहेका छौँ। त्यसका लागि अन्य एसेम्बल उद्योगहरु पनि खुल्नुपर्छ। ताकि एन्सिलरिज उद्योगहरुले बजार देखेर लगानी गरुन्। यो मोहोल बनेको अवस्थामा ५-१० वर्षमा राम्रै प्रतिशत भ्यालुएसन गर्न सकिन्छ। यसमा सरकाले पनि सहजीकरण र सहुलियत बढाउँदै लैजानुपर्छ।