शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

अधिकांश भागमा आज मौसम सफा रहने, एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३ २०८२
images
अधिकांश भागमा आज मौसम सफा रहने, एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

images
images

काठमाडौं- हाल देशमा स्थानीय वायुको प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

images
images
images

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।

images
images

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

images
images

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ। रासस


प्रकाशित : बुधबार, वैशाख ३ २०८२०९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend