सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

'बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा थाई सरकारको महत्वपूर्ण योगदान छ'

images
शनिबार, चैत २३ २०८१
images
'बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा थाई सरकारको महत्वपूर्ण योगदान छ'

लुम्बिनी भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकमध्ये थाइल्याण्डबाट आउने पर्यटकको सङ्ख्या दोस्रो स्थानमा रहेको छ।

images
images

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्धधर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पुर्‍याउँदै आएको छ।

images
images
images

बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारका तर्फबाट धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय प्रवर्द्धनमा महत्वपूर्ण योगदान हुँदै आएको छ। यसले नेपाल र थाइल्याण्डबीचको बौद्ध धर्म एवं दर्शनले जोडेको हजारौँ वर्षदेखिको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको छ।

images
images

थाई सरकारका तर्फबाट लुम्बिनीस्थित थाई विहारमार्फत लुम्बिनीको सांस्कृतिक, धार्मिक र पर्यटन प्रवर्द्धनसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ।

images
images

यसअन्तर्गत भूकम्पले क्षति पुर्‍याएका विद्यालयका भवन निर्माण, भूकम्पपीडितका लागि सहयोग, विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति वितरण, स्वास्थ्य शिविर सञ्चालनजस्ता गतिविधि सञ्चालन गर्दै आएको थाई बौद्ध विहारको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।

बुद्ध धर्मको प्रचारप्रसारका लागि थाई सरकारको सहयोगमा लुम्बिनीमा रोयल थाई मन्दिर(विहार) निर्माण गरिएको छ। जुन थाई वास्तुकलाको उत्कृष्ट नमुना हो। यस मन्दिरको उद्घाटन सन् २०१७ मा थाई राजकुमारी महा चक्री सिरिन्धोर्नद्वारा गरिएको थियो। यससँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा औपचारिक रुपमा थाई सरकारको सहभागिता प्रारम्भ भएको मानिन्छ।

लुम्बिनी थाई बौद्ध विहार एउटा सुन्दर र शान्त बौद्ध विहार विशेषगरी थाई शैलीको वास्तुकलामा बनेको छ। लुम्बिनीमा रहेका सबै अन्तरराष्ट्रिय विहारमध्ये सबैभन्दा आकर्षक र कलात्मक शैलीको मन्दिरमध्ये एक हो।

लुम्बिनीमा निर्माण गरिएको कलात्मक यो गुम्बा निर्माणसँगै यहाँ हरेक वर्ष थाई बौद्ध भिक्षुहरू र तीर्थयात्री पर्यटकको आगमन हुने गरेको छ। थाई नागरिकका लागि बुद्ध जन्मस्थल धार्मिक आस्थाको प्रमुख केन्द्र बनेको छ। यसैले लुम्बिनी थाई पर्यटक र तीर्थयात्री दुवैका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ। यहाँ हरेक वर्ष थाई सहयोगमा तीनमहिने वर्षावास कार्यक्रम, प्रवज्या गर्ने कार्यका लागि र मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचनका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

सन् २०२४ सेप्टेम्बरमा, थाइल्याण्डका १७ भिक्षुहरूले लुम्बिनीमा तीनमहिने वर्षावास (वर्षा यामको व्रत) बस्दै ध्यान र प्रवचनमा समय बिताएका थिए। लुम्बिनीको धार्मिक, सांस्कृतिक, पर्यटकीय प्रवर्द्धनमा थाई सरकारका तर्फबाट महत्वपूर्ण योगदान हुँदै आएको सदस्य सचिव सानुराजा शाक्य बताउँछन्। यसले नेपाल र थाइल्याण्डबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको छ। थाई सरकारको आर्थिक र प्राविधिक सहयोगमा शिक्षा, स्वास्थ्य तथा सम्पर्क सुधारका परियोजनाहरू समावेश छन्।

यसैअन्तर्गत थाई सरकारका तर्फबाट गत वर्ष सन् २०२३ जुलाइमा, थाई चिकित्सा टोलीले लुम्बिनीमा स्थानीयका लागि निःशुल्क घुँडा शल्यक्रिया कार्यक्रम सञ्चालन गरी ३२ बिरामीलाई सेवा प्रदान गरेको थियो। यससँगै काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालको सहयोगमा लुम्बिनीमा आँखा शिविर सञ्चालन गर्दै आएको छ। 

थाई समुदायले लुम्बिनीस्थित मेट्टा गुरुकूल स्कुलको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ। त्यसले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत पुर्‍याएको छ। यससँगै लुम्बिनी क्षेत्रका विभिन्न विद्यालयमा थाई बौद्ध विहारले विभिन्न किसिमले सहयोग प्रदान गर्दै आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा तीन दिनअघि भएका विभिन्न सम्झौतामध्ये कृषि र पर्यटन क्षेत्रका सम्झौता लुम्बिनी क्षेत्रलाई समावेश गरिएको छ। लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य थाइल्याण्ड सरकारका तर्फबाट पहिलेदेखि नै लुम्बिनी क्षेत्रमा कृषिमा लगानी गर्ने प्रस्ताव आएको र अहिले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताले अब उनीहरुको कार्यक्रम आउने सम्भावना रहेको बताउँछन्।

यससँगै बौद्ध पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारीअनुरुप लुम्बिनी पर्यटन प्रवर्द्धनमा थाई सरकारको लगानी बढाउने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले बताए। 

गत महिना लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी थाई पर्यटक थिए। गत महिना लुम्बिनीमा विभिन्न धार्मिक गतिविधि भएकाले पनि विभिन्न बुद्धिष्ट मुलुकबाट आउने पर्यटकको सङ्ख्या बढेको हो। धार्मिक कार्यक्रमका कारण पनि थाइल्याण्डबाट आएका भिक्षुहरुको चहलपहल बढेको हो।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले गत फागुन १६ गतेदेखि एक हजार २०० नेपालीलाई प्रवज्या गर्ने कार्यका लागि र मायादवी मन्दिर परिसरमा त्रिपिटक वाचन कार्यक्रमका लागि थाइल्याण्डबाट बुद्ध धर्मावलम्बी आएका हुन्। एक महिनासम्म चलेको यी धार्मिक कार्यका लागि आर्थिक सहयोग थाइल्याण्डबाटै भएको थियो।

लुम्बिनी भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकमध्ये थाइल्याण्डबाट आउने पर्यटकको सङ्ख्या दोस्रो स्थानमा रहेको छ।

सन् २०२४ को फेब्रुअरीमा तीन हजार ९८१ थाई पर्यटक लुम्बिनी आएका थिए। सन् २०२३ को फेब्रुअरीमा तीन हजार ३६७ र कोभिडअघि सन् २०१९ मा ६ हजार २०८ थाई पर्यटक लुम्बिनी आएका थिए। रासस


प्रकाशित : शनिबार, चैत २३ २०८११४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend