काठमाडौं- हेलिकोप्टर उडानमा प्रवेशको तयारीका रहेको सगरमाथा एयरमा ८४ करोडको लगानी प्रतिबद्धता आएको छ। सगरमाथा एयर उद्योग विभागमा दर्ता भएको छ।
सगरमाथा एयरले संस्कृति, पर्यटन तथा नागिक उड्डयन मन्त्रालयबाट वायुसेवा कम्पनीको इजाजत पाइसकेको छ। अहिले सगरमाथा एयरले 'एयर अपरेटर सर्टिफिकेट'को लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमति लिने प्रक्रिया सुरु गरिसकेको छ।
एओसी लिन नागरिक उड्डयन प्राधिकरणबाट पाँच वटा प्रक्रिया पूरा गर्नुपर्छ। प्रि एप्लिकेसन, एप्लिकेसन, डकुमेन्टेसन, एनओसी चरण पार गर्दै हेलिकोप्टर भित्र्याएपछि एओसी पाउने छ।
यही चरणमा एयरले ८४ करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै उद्योग विभागमा कम्पनी दर्ता गरेको छ। सगरमाथा एयरले वार्षिक १२ सय ६९ घण्टा हेलिकोप्टर उडान गर्ने लक्ष्य लिएको छ।
कम्पनीले वार्षिक ३० जनालाई रोजगारी दिने दर्ता विवरणमा उल्लेख छ।