सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

काँकडभिट्टाबाट १७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँबराबरको कृषिजन्य वस्तु निर्यात

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २२ २०८१
images
काँकडभिट्टाबाट १७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँबराबरको कृषिजन्य वस्तु निर्यात

अदुवा २६ करोड ६३ लाख, अम्लिसो ७६ करोड ९७ लाख, बन्दा आठ करोड १७ लाख, जडीबुटी चार करोड २६ लाख, मसुरो दाल चार करोड मूल्य बराबरको निर्यात भएको छ।

images
images

झापा- प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ। 

images
images
images

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन्।

images
images

आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया आठ अर्ब २० करोड ९६ लाख, अलैँची पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ। 

images
images

यसैगरी कार्यालयको तथ्यांकअनुसार अदुवा २६ करोड ६३ लाख, अम्लिसो ७६ करोड ९७ लाख, बन्दा आठ करोड १७ लाख, जडीबुटी चार करोड २६ लाख, मसुरो दाल चार करोड मूल्य बराबरको निर्यात भएको छ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट दुई अर्ब ४० करोड ४६ लाख २२ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ। 

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन्।

क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो १३ करोड १७ लाख १२ हजार, चामल चार करोड ९७ लाख, ताजा तरकारी २८ करोड ८७ लाख मूल्य बराबरको आयात भएको छ।

यसैगरी ताजा फलफूल २६ करोड ३७ लाख, लसुन ६२ करोड ४६ लाख, आलु २८ करोड ९१ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत २२ २०८११०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend