सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित

images
बिहीबार , चैत २१ २०८१
images
भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित

'साविकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ। उडान तथा अवतरण भने हालसम्म रद्द गरिएको छैन।'

images
images

काठमाडौं- केही दिनयतादेखि काठमाडौंमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन्।

images
images
images

केही दिनदेखि  काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आईएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

images
images

उनले भने, 'बाक्लो तुवाँलोले भिजिबिलिटीमा कमी आएपछि आइएफआर प्रविधिबाट उडान/अवतरण भइरहेको छ। सोही कारणले साविकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ। उडान तथा अवतरण भने हालसम्म रद्द गरिएको छैन।'

images
images

विमानस्थलमा अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए। उनका अनुसार बाक्लो तुवाँलोका कारण आज बुद्ध एयरका तीन माउन्टेन फ्लाइटमध्ये दुईवटा भैरहवा, एउटा जनकपुर तथा यती एयरलाइन्स र श्री एयरलाइन्सका एक-एक माउन्टेन फ्लाइट भैरहवा ‘डाइभर्ट’ भएका छन्। रासस


प्रकाशित : बिहीबार , चैत २१ २०८११७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend