सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

प्रधाानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २१ २०८१
images
प्रधाानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

बिम्स्टेकसहित सार्क राष्ट्रका सदस्य रहेका दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोलगायत विविध विषयमा छलफल भएको थियो।

images
images

बैंकक- प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाकी प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ। 

images
images
images

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा यहाँ रहनुभएका प्रधानमन्त्री ओलीले श्रीलंकाकी प्रधानमन्त्री अमरासुरियासँग भेटवार्ता गरेका हुन्। 

images
images

बिम्स्टेकसहित सार्क राष्ट्रका सदस्य रहेका दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोलगायत विविध विषयमा छलफल भएको थियो।

images
images

सो अवसरमा परराष्ट्रमन्त्री डा आरजुराणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ अधिकारीहरू सहभागी थिए। 

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा आयोजित कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओलीको बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन आएका सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँगको ‘साइडलाइन’ भेटवार्तासहित अन्य छलफल तथा भेटघाटमा व्यस्त हुने कार्यसूची रहेको छ। रासस


प्रकाशित : बिहीबार , चैत २१ २०८११५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend