आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

ओलाङचुङगोलामा आम्दानीको मुख्य स्रोत बन्दै गलैँचा, चिनियाँ बजारमा माग र मूल्य उच्च

images
बिहीबार , फागुन १५ २०८१
images
ओलाङचुङगोलामा आम्दानीको मुख्य स्रोत बन्दै गलैँचा, चिनियाँ बजारमा माग र मूल्य उच्च

गलैँचा बुनाइले स्थानीयस्तरमा रोजगारीको सिर्जनासमेत गरेको छ। निर्यातका अवसरले ओलाङचुगोला क्षेत्रको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ।

images
images

फुङ्लिङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ।

images
images
images

यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ। तर कोभिड-१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन।

images
images

नाका खुलेसँगै, ओलाङचुङगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुप् ल्हमु श्रेष्ठले जानकारी दिए। यसले यहाँका ग्रामीण समुदायलाई थप आर्थिक अवसर प्रदान गरेको छ।

images
images

ओलाङचुङगोला उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ। यस क्षेत्रको गलैँचा फुङ्लिङ बजार हुँदै काठमाडौंसम्म पुग्ने गर्दछ। नेपाली बजारमा यी गलैँचाको मूल्य प्रतिएकाइ दश हजारदेखि २५ हजार रूपैयाँसम्म पर्ने उनले बताए।

उद्यमी श्रेष्ठका अनुसार चीनका बजारमा ती नै गलैँचाको मूल्य निकै उच्च छ, जहाँ  १५ हजार रूपैयाँदेखि ४५ हजारसम्ममा खरिद बिक्री गरेको छ। यो अन्तर्राष्ट्रिय बजारमा मूल्य फरक भएका कारण स्थानीय उत्पादनकर्तालाई राम्रो मुनाफा हुने गर्दछ। 

यसरी चीनमा निर्यात हुने गलैँचा ओलाङचुङगोलामा रहेका उद्यमी र हस्तकलाकारको आर्थिक समृद्धिका लागि ठूलो अवसरको रूपमा प्रस्तुत भएको छ। नाका खुलेसँगै यो व्यापारको सञ्जाल थप फैलिएको छ।

स्थानीयस्तरमा रोजगारीको सिर्जनासमेत गरेको छ। निर्यातका अवसरले ओलाङचुङगोला क्षेत्रको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ। रासस


प्रकाशित : बिहीबार , फागुन १५ २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend