आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मालिका भगवती मन्दिर पुनर्निर्माण थालियो, मन्त्रालयले दियो ५४ लाख

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १४ २०८१
images
मालिका भगवती मन्दिर पुनर्निर्माण थालियो, मन्त्रालयले दियो ५४ लाख

अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको छ। एउटै शिलाको ढुंगालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका आयात गरिएको छ।

images
images

बागलुङ- बागलुङको  प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुनर्निर्माण थालिएको छ। 

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त ५४ लाख रुपैयाँबाट पुनर्निर्माण थालिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाले जानकारी दिए। 

images
images

'परापूर्वककालदेखि थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा सानो सिमन्टको मन्दिर निर्माण भएको थियो, उक्त मन्दिर जीर्ण भएपछि अहिले पर्यटन मन्त्रालयको पहलमा पुनर्निर्माण थालिएको हो', सापकोटाले भने, 'दिव्य शिलालाई घेरेर ढुंगा र काठबाट कलात्मक रुपमा मन्दिर पुनर्निर्माण भइरहेको छ।'

images
images

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको पगोडा शैलीमा मन्दिर निर्माण भइरहेको र अन्य दाताले  सहयोग गरिरहेकाले चालु आवमै मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेलमैदानलगायत पूर्वाधार निर्माण हुने उनले बताए।  

अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको छ। एउटै शिलाको ढुंगालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका आयात गरिएको बताए। 

ललितपुरका कालीगढबाट ढुंगा कुँदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माण हुनेछ।

मल्लकालीन थानलाई मालिका भगवतीको रुपमा लिइएको किंवदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पूजा गर्ने प्रचलन छ। रासस


प्रकाशित : बुधबार, फागुन १४ २०८१११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend