आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

देश विकास हुँदैछ, युवाहरु निराश हुनुपर्दैन : प्रधानमन्त्री ओली

images
मंगलबार, फागुन १३ २०८१
images
देश विकास हुँदैछ, युवाहरु निराश हुनुपर्दैन : प्रधानमन्त्री ओली

उनले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभइ सोचविचार गरेर सरकारले काम गरिरहेको भन्दै जनताले पनि यसमा साथ र सहयोग दिनुपर्नेमा जोड दिए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट  उज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताएका छन्।

images
images
images

जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताएका हुन्।

images
images

उनले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभइ सोचविचार गरेर सरकारले काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए। 

images
images

'खान-लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ। पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ। शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन। आफै तिरेर उच्च शिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर अध्ययन गर्ने वातावरण तयार गर्नुपर्दछ', प्रधानमन्त्री ओलीले भने, 'निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन। शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन। ‘एसईई’मा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ।'

प्रधानमन्त्री ओलीले ‘एसईई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए।

यसअघि प्रधानमन्त्री हुँदा आफूले ३९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारी रुपमा काम हुन नसकेको बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गरेका थिए। रासस


प्रकाशित : मंगलबार, फागुन १३ २०८११६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend