शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

महाशिवरात्रिमा बैतडीको हरिनगर र स्वर्गिनी पीपलधाममा कृषि प्रदर्शनी मेला लाग्ने

images
मंगलबार, फागुन १३ २०८१
images
images
महाशिवरात्रिमा बैतडीको हरिनगर र स्वर्गिनी पीपलधाममा कृषि प्रदर्शनी मेला लाग्ने
फाइल तस्बिर

मेलामा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्नाका साथै नवप्रवर्तन र सीप आदान-प्रदानलाई प्रोत्साहित गरिने आयोजकले जनाएको छ।

images
images

बैतडी- महाशिवरात्रिका अवसर पारेर यहाँका दुई स्थानमा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ। डिलासैनी गाउँपालिकाको हरिनगरमा यही फागुन १४ गतेदेखि तीन दिनसम्म कृषि प्रदर्शनी मेला लाग्ने भएको हो। मेलामा गाउँपालिकाभित्रका किसानद्वारा उत्पादित कृषि उपज ल्याएर बिक्री गर्न सकिने जनाइएको छ।

images
images

त्यसैगरी, पाटन नगरपालिका-६, स्वर्गिनी पीपलधाममा सोही दिन एकदिने कृषि प्रदर्शनी मेला लाग्ने आयोजक पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोष जोशीले जानकारी दिए। किसानले ल्याउने उपजलाई बजारीकरणका लागि स्टल निःशुल्क रहेको र राम्रो कृषि उपज उत्पादन गरेका किसानलाई पुरस्कारको व्यवस्था गरिएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए।

images
images

मेलामा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्नाका साथै नवप्रवर्तन र सीप आदान-प्रदानलाई प्रोत्साहित गरिने आयोजकले जनाएको छ। मेलामा खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, मसला बाली, तेलहन बाली, लहरे बाली, च्याउलगायत कृषिजन्य सामग्रीहरूको प्रदर्शन गरिनेछ।

images
images

प्रदर्शनीमा सहभागी कृषिजन्य वस्तुहरुको प्रत्येक बाली समूहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः दुई हजार रूपैयाँ, एक हजार पाँचसय रूपैयाँ, एक हजार रूपैयाँ र पाँचसय रूपैयाँ पुरस्कार प्रदान गरिने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए। रासस


प्रकाशित : मंगलबार, फागुन १३ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend