आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

रोजगारीका लागि आकर्षक तलबमा ग्रिस र स्वीडेन पठाइदिने भन्दै २८ लाख रूपैयाँ ठगी

images
सोमबार, फागुन १२ २०८१
images
रोजगारीका लागि आकर्षक तलबमा ग्रिस र स्वीडेन पठाइदिने भन्दै २८ लाख रूपैयाँ ठगी

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ परेका छन्।

images
images
images

ललितपुर बस्ने सुर्खेतका ३७ वर्षीय ईन्द्रबहादुर केसी र काठमाडौं बस्ने बाराका बस्ने ४६ वर्षीय बिशुनदयाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

images
images

केसीले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख रूपैयाँ र चौधरीले स्वीडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।


प्रकाशित : सोमबार, फागुन १२ २०८११७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend