सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

स्याङ्जाको थापाथोकका एकै किसानले यसवर्ष बेचे ६० लाखको सुन्तला

images
आइतबार, फागुन ११ २०८१
images
स्याङ्जाको थापाथोकका एकै किसानले यसवर्ष बेचे ६० लाखको सुन्तला

व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका कृषक फणिनारायण अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुन्।

images
images

वालिङ- स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ थापाथोकका कृषक फणिनारायण अर्यालले यसवर्ष ६० लाख रूपैयाँको सुन्तला बिक्री गरेका छन्।

images
images
images

व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुन्। अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गरेका हुन्। ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गरेका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आएका छन्।

images
images

यसवर्ष न्यूनतम ७० रूपैयाँदेखि अधिकतम एकसय २० रूपैयाँ प्रतिकिलोका दरले सुन्तला बिक्री गरी ६० लाख रूपैयाँ आम्दानी गर्न सफल भएको उनले बताए। 'यहाँ उत्पादन भएको सुन्तला काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ', उनले भने, 'बर्सेनि सम्झौता भइ बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ।'

images
images

गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उनले बताए। गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो। गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान ६० लाख रूपैयाँ हुन पुगेको उनी बताउँछन्।

करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्यालको फार्ममा हाल दुई हजार दुईसय सुन्तलाका बोट छन्। त्यसमध्ये दुई हजार बोटले उत्पादन दिन्छन् भने दुईसय साना बिरुवा छन्। अर्यालले २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सारेका थिए। सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि विसं २०४२, २०५० र हालसालै पनि सुन्तलाका बोट थप गरेका छन्।

'मेरो आम्दानीको मुख्य स्रोत नै सुन्तला हो', उनले भने, 'आठ जनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च सबै यसैबाट चलाएको छु।'

सुन्तला व्यवसायी अर्यालले आफ्नो फर्ममा उत्पादन गरेको सुन्तलासहित अन्य कृषकको पनि सुन्तला संकलन तथा खरिद गरी बिक्रीसमेत गर्दै आएका छन्। उनले यस वर्षमात्रै चार करोड ५७ लाख रूपैयाँको सुन्तला खरिदबिक्री गरेका छन्। रासस


प्रकाशित : आइतबार, फागुन ११ २०८११२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend