आइतबार, फागुन ११ गते २०८१    
आइतबार, फागुन ११ २०८१
images
images

पाथीभरा केबलकार विवाद : विरोधको नाममा अराजकता बढेपछि अनिश्चितकालीन निषेधाज्ञा जारी

images
आइतबार, फागुन ११ २०८१
images
images
पाथीभरा केबलकार विवाद : विरोधको नाममा अराजकता बढेपछि अनिश्चितकालीन निषेधाज्ञा जारी

पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा अराजकता बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

images
images

काठमाडौं- पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा अराजकता बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

images
images
images

केबलकार बिरोधका नाममा आन्दोलन अराजकता बढेपछि आज बिहान ५ बजेबाट लागु हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।

images
images

नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो। यता एस केबलकार पक्षले पनि विरोध जुलुस निकाल्ने तयारी गरेपछि निषेधाज्ञा जारी गरेको हो।

images
images
images

जिल्ला प्रशासनका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा प्रतिकूल स्थिति सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी  गरेको हो।

प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ।


प्रकाशित : आइतबार, फागुन ११ २०८१०८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend