आइतबार, फागुन ११ गते २०८१    
आइतबार, फागुन ११ २०८१
images
images

विर्तामोडका पशुपालक किसानलाई ९५ लाख रूपैयाँ बराबरका घाँस काट्ने मेसिन वितरण

images
शनिबार, फागुन १० २०८१
images
images
विर्तामोडका पशुपालक किसानलाई ९५ लाख रूपैयाँ बराबरका घाँस काट्ने मेसिन वितरण

एउटा चाफकटर मेसिनको मूल्य २९ हजार ५ सय रूपैइाँ रहेको छ। किसानले मूल्यको ५० प्रतिशत साझेदारी गरेका छन्।

images
images

झापा- विर्तामोड नगरपालिकाले पशुपालक किसानलाई ९५ लाख रूपैयाँ मूल्य बराबरका ३२५ चाफकटर मेसिन(घाँस काट्ने यन्त्र) वितरण गरेको छ।

images
images
images

पालिकाले छनोटमा परेका किसानलाई ५० प्रतिशत अनुदानमा चाफकटर मेसिन वितरण गरेको हो। गाईवस्तुलाई खुवाइने घाँस थोरै समयमा धेरै टुक्राउन सकिने मोटर जडान गरिएको विद्युतीय चाफकटर पाएर स्थानीय किसान हर्षित भएका छन्।

images
images

किसानलाई प्रविधिमैत्री बनाउँदै कृषिलाई आधुनिक र व्यावसायिक बनाउने सोचअनुसार साझेदारीमा मेसिनरी सामान दिइएको नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बताए। उनका अनुसार कृषिको विकासलाई नगरपालिकाले बजेटमा उच्च प्राथमिकतामा राख्दै आएको छ। 

images
images
images

निर्वाहमुखी कृषिलाई व्यावसायिक उद्यममा रुपान्तरण गर्दै किसानलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको ठानेरै नगरपालिकाले पशुपालक किसानलाई चाफकटर मेसिन, चिलिङ भ्याट, दाना पिसाउने मेसिन, मिल्क क्यान, चल्ला ओथार्ने मेसिन, काउ म्याटलगायत सामग्री हरेक वर्ष वितरण गर्दै आएको विर्तामोडका पशुपक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डा नगेन्द्र खड्काले बताए।

उनका अनुसार एउटा चाफकटर मेसिनको मूल्य २९ हजार ५ सय रूपैयाँ रहेको छ। किसानले मूल्यको ५० प्रतिशत साझेदारी गरेका छन्। उनले भने, 'चाफकटर मेसिन २५ वटा भर्खरै वितरण गरेका छौँ। यसअघि ३०० मेसिन वितरण गरेका थियौँ।'

नगरपालिकाले साझेदारीमा दिएको मेसिनरी सामानको सदुपयोग भइरहेको कृषक लयप्रसाद रिजालले बताए। 'नगरपालिकाले किसानहरुलाई आधुनिक प्रविधि भित्र्याउन प्रोत्साहन र अनुदान दिइरहेको छ', उनी भन्छन्, 'सबै किसान साथीहरुले सहयोगको सदुपयोग गर्नु भएको छ, मेसिनसँगै तालिम र सीप पनि किसानले पाउनुभएको छ।'

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर चाफकटर चाहिएका किसानबाट निवेदन मागेको थियो। मागभन्दा धेरै निवेदन पर्ने गरेका कारण स्थलगत अनुगमनपश्चात अनुदान पाउनयोग्य किसानको छनोट हुने गरेको पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख डा खड्काले बताए। रासस


प्रकाशित : शनिबार, फागुन १० २०८११४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend