शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा ८ खर्ब ६१ अर्ब घाटा

images
शनिबार, फागुन १० २०८१
images
images
११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा ८ खर्ब ६१ अर्ब घाटा

सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा चार खर्ब ९८ अर्ब ३४ करोड रूपैयाँ व्यापार घाटा व्यहोरेको विभागको तथ्यांकबाट देखिन्छ।

images
images

काठमाडौं- चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोड रूपैयाँको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड रूपैयाँ घाटा व्यहोरेको छ।

images
images
images

भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोड रूपैयाँको आयात र एक खर्ब २७ अर्ब २० करोड रूपैयाँको निर्यात भएको हो।

images
images

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कुल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ। त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा छ दशमलव २० प्रतिशतले बढेको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ।

images
images
images

सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा चार खर्ब ९८ अर्ब ३४ करोड रूपैयाँ व्यापार घाटा व्यहोरेको विभागको तथ्यांकबाट देखिन्छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा  ९८ अर्ब ७५ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।

त्यस्तै, चीनसँगको व्यापार घाटा एक खर्ब ९० अर्ब ४४ करोड रूपैयाँ बराबर छ। पछिल्लो सात महिना अवधिमा चीनबाट एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा  दुई अर्ब रूपैयाँको मात्रै निर्यात भएको छ। अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ।

नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानस्तानसँग छ। अफगानस्तानसँग सात महिनामा एक करोड २४ लाख रूपैयाँको आयात र ५९ करोड ४५ लाख रूपैयाँको निर्यात भएको छ। डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरुसँग व्यापार नाफा बढी रहेको छ।

विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाख रूपैयाँको डिजेल, २४ अर्ब ५८ करोड ३२ लाख रूपैयाँको पेट्रोल र ६ अर्ब ६१ करोड ६५ लाख रूपैयाँको एलपी ग्यास आयात भएको छ।

त्यस्तै, पाँच अर्ब ५० करोड ९० लाख रूपैयाँ बराबरको विद्युतीय सवारीसाधन र पाँच अर्ब ४३ करोड ४१ लाख रूपैयाँको अन्य सवारीसाधन आयात भएको छ। सात महिनामा तीन अर्ब ५३ करोड ९७ लाख रूपैयाँ बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ।

नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भटमास तेल पहिलो स्थानमा छ। माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड ५७ लाख रूपैयाँ बराबरको सोयाबिन तेल र ६ अर्ब ५७ करोड ६७ लाख रूपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ।

यस्तै पाँच अर्ब ३८ करोड ८० लाख रूपैयाँको अलैँची, तीन अर्ब ८९ करोड ५२ लाख रूपैयाँको कार्पेट, तीन अर्ब १० करोडको धागो र तीन अर्ब रूपैयाँ बराबरको चिया निर्यात भएको छ। रासस


प्रकाशित : शनिबार, फागुन १० २०८११२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend