आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्ला वर्षाको सम्भावना

images
शनिबार, फागुन १० २०८१
images
images
कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्ला वर्षाको सम्भावना

कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ।

images

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

images
images

कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

images
images

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ। रासस

images
images
images


प्रकाशित : शनिबार, फागुन १० २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend