आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

पाथीभरामा यस वर्षकै बाक्लो हिमपात

images
शनिबार, फागुन १० २०८१
images
images
पाथीभरामा यस वर्षकै बाक्लो हिमपात

फागुन महिनामा दोस्रोपटक सामान्य हिमपात भएको थियो। गएराति भने निकै बाक्लो हिमपात भएको छ।

images

फुङ्लिङ- ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ। गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाक्लो हिमपात भएको हो।

images
images

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलोपटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो। त्यस्तै फागुन महिनामा दोस्रोपटक सामान्य हिमपात भएको थियो। गएराति भने निकै बाक्लो हिमपात भएको छ।

images
images

महतले भने, 'यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो। तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ। यस वर्षकै बाक्लो हिमपात भएको छ।'

images
images
images

पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जाने तिर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए। उनका अनुसार पाथीभरा धामबाट करिब दुई किलोमिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभार धामसम्म जान सक्नेछन्। 

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो। तर बिस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज ३ सय जना तिर्थयात्रीहरूले पाथीभरा धाममा पूजापाठ गरेको समितिले जनाएको छ। रासस


प्रकाशित : शनिबार, फागुन १० २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend