सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ९ २०८१
images
सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ अपचलन भएको छ।

images
images

म्याग्दी- बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

images
images
images

बेनी नगरपालिका-४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images

प्रहरी निरीक्षक सागर पौडेलले मंगलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए। 

images
images

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन-२०७४ अनुसार कारबाही थालिएको हो। उनी सहकारीका पूर्वसञ्चालक हुन्। रासस


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend