शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ९ २०८१
images
images
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर-मर्स्याङ्दी पुल-कुमाल गाउँ-नयाँपुल पुल)को प्रयोग गर्न भनिएको छ।

images
images

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ।

images
images
images

बन्दीपुर-४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज (फागुन ९ गते) देखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पाँच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो। 

images
images

उक्त खण्ड आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन-पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

images
images
images

आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर-मर्स्याङ्दी पुल-कुमाल गाउँ-नयाँपुल पुल)को प्रयोग गर्न र ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको पाण्डेले उल्लेख गरे। रासस


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend