शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १४ योजना सञ्चालनमा, सहभागीलाई सुरक्षा सामग्री वितरण

images
बिहीबार , फागुन ८ २०८१
images
images
मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १४ योजना सञ्चालनमा, सहभागीलाई सुरक्षा सामग्री वितरण

गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो।

images
images

म्याग्दी- पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ।

images
images
images

गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो। गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई-दुई योजना गरी सात वडामा १४ योजना सञ्चालनमा छन्।

images
images

स्वरोजगार कार्यक्रमअन्तर्गतका योजनामध्ये सार्वजनिक शौचालय निर्माण, पदमार्ग निर्माणलगायत योजनाका उपभोक्ता समिति र कामदारलाई हेल्मेट, ग्लोभ्स, बुट, ज्याकेटलगायत सुरक्षा सामग्री वितरण गरिएको गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिए।

images
images
images

सुरक्षित, व्यवस्थित र प्रभावकारी कार्य सञ्चालन सुनिश्चित गर्न श्रमिकलाई प्रदान गरिएका सुरक्षा सामग्रीले काम गर्दा सुरक्षित वातावरण बन्ने सुवेदीले बताए। रासस


प्रकाशित : बिहीबार , फागुन ८ २०८११३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend