आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

डेढ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय बुढानीलकण्ठबाट पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ७ २०८१
images
images
डेढ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय बुढानीलकण्ठबाट पक्राउ

‘बेटिङ साइट’ को प्रयोग र भारतीय एजेन्टसँग ह्वाट्सएप तथा टेलीग्राममार्फत सम्पर्क गरी घर भाडामा लिइ व्यावसायिक तबरमा अनलाइन जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

images

काठमाडौं- नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत डेढ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ जना भारतीय नागरिक पक्राउ परेका छन्। 

images
images

नेपाल प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-५ बाट सोमबार पक्राउ गरी उनीहरूलाई मंगलबार सार्वजनिक गरेको हो।
 
पक्राउ परेकाको साथबाट बरामद ल्यापटप तथा मोबाइलको प्रारिम्भक अनुसन्धान गर्दा एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार ४ सय ३० रुपयाँबराबरको अनलाइन जुवा कारोबार गरेको भेटिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए।
 
उनीहरूले ‘बेटिङ साइट’ को प्रयोग र भारतीय एजेन्टसँग ह्वाट्सएप तथा टेलीग्राममार्फत सम्पर्क गरी घर भाडामा लिइ व्यावसायिक तबरमा अनलाइन जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
 
निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमती गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए। 

images
images


प्रकाशित : बुधबार, फागुन ७ २०८११०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend