शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

एमसीसीको अनुदान ९० दिनका लागि स्थगित, सञ्चालन खर्च नेपाल सरकारको स्रोतबाट हुने

images
मंगलबार, फागुन ६ २०८१
images
images
एमसीसीको अनुदान ९० दिनका लागि स्थगित, सञ्चालन खर्च नेपाल सरकारको  स्रोतबाट हुने

अमेरिकाले तत्कालका लागि  बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ। अर्थ मन्त्रालयका अनुसार ९० दिनका लागि एमसीसी रोकिएको जानकारी आएको हो।

images
images

काठमाडौं- अमेरिकाले तत्कालका लागि  बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ। अर्थ मन्त्रालयका अनुसार ९० दिनका लागि एमसीसी रोकिएको जानकारी आएको हो। 

images
images
images

‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशनुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ अर्थ मन्त्रालयले मंगलबार प्रेस नाेटमार्फत भनेको छ।

images
images

नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ गतेको सम्झौता अनुसार नेपालमा नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म ४०० केभीए क्षमताको प्रसारण लाइन निर्माण गालिएको थियो।

images
images
images

त्यस्तै विभिन्न पाँचवटा सडकको स्तरोन्नतीसमेत यो परियोजना अन्तर्गत भएको थियो । सहयोग रोकिएसँगै यी आयोजना प्रभावित हुने निश्चित भएको छ। 

एमसीसीसँग सरकारको सम्झौताअनुसार कुनै एक पक्षले चाहेमा ९० दिनको समय दिएर सम्झौता रद्द गर्नसक्ने व्यवस्था छ। तर अमेरिकाले स्थगनको पत्र पठाएर सहयोग तत्कालै लागु हुनेगरी सम्झौता स्थगन गरेको छ।


प्रकाशित : मंगलबार, फागुन ६ २०८१२१:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend