शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

अमेरिका पठाइदिन्छु भन्दै साढे चार लाख रूपैयाँ ठगी गर्ने एकजना पक्राउ

images
मंगलबार, फागुन ६ २०८१
images
images
अमेरिका पठाइदिन्छु भन्दै साढे चार लाख रूपैयाँ ठगी गर्ने एकजना पक्राउ

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

images
images
images

उदयपुर वेलका नगरपालिका-४ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३२ वर्षीया शर्मिला विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

images
images

शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो। 

images
images
images

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : मंगलबार, फागुन ६ २०८११७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend