शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

दफावार छलफलका लागि राष्ट्रियसभाबाट विधायन व्यवस्थापन समितिमा पठाइयो पानीजहाज विधेयक

images
मंगलबार, फागुन ६ २०८१
images
images
दफावार छलफलका लागि राष्ट्रियसभाबाट विधायन व्यवस्थापन समितिमा पठाइयो पानीजहाज विधेयक

राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते आइतबार दिउँसो १:१५ बजे बस्नेछ।

images
images

काठमाडौं- पानीजहाज विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

images
images
images

राष्ट्रियसभाको आजको बैठकले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको प्रस्ताव सर्वसम्मत्तिले स्वीकृत गरेको हो।

images
images

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गरेका छन्।

images
images
images

राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते आइतबार दिउँसो १:१५ बजे बस्नेछ। रासस


प्रकाशित : मंगलबार, फागुन ६ २०८११५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend