शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

'लेखा समितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्योलमा छ, १८ महिनादेखि आईपीओ रोकियो'

images
मंगलबार, फागुन ६ २०८१
images
images
'लेखा समितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्योलमा छ, १८ महिनादेखि आईपीओ रोकियो'

लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको बताउँदै उनले अब समितिले नै उक्त निर्णय सच्चाउनुपर्ने बताए।

images
images

काठमाडौं- स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाँधेर राखिएको बताएका छन्।

images
images
images

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको 'जलविद्युत आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले १५ खर्ब रूपैयाँ लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन्।

images
images

सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार ५०० विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ। यसको लागि ६२ खर्ब रूपैयाँ लाग्ने अनुमान छ। 

images
images
images

नेपाली उर्जा उत्पादकहरुले १ मेगावाटबाट सुरु गरेर अहिले क्षमता बढाएर १००-२०० मेगावाटका परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताए। उनले ठूला आयोजनाको लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताए। 

संसदीय समिति र धितोपत्र बोर्डको कारण सर्वसाधरणलाई दिने सेयर रोकिएको कार्कीको भनाइ छ। ‘सरकारले १० प्रतिशत सेयर स्थानीय तहलाई दिनुपर्छ भन्ने कानूनी व्यवस्था गरेको छ,’ अध्यक्ष कार्कीले भने,‘स्थानीयले सेयर किन नदिएको भनी उत्पादकहरुको गाडी फुटाउन थालेका छन्। धितोपत्र बोर्डले आईपीओ स्वीकृत नदिएसम्म उत्पादकले त सेयर दिन सक्दैनौँ।’

लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको बताउँदै उनले अब समितिले नै उक्त निर्णय सच्चाउनुपर्ने बताए। ‘संघीय संसदकै लेखा समिति र अर्थ समितिबीच नै मत बाँझिएको छ,’ उनले भने, ‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ।’


प्रकाशित : मंगलबार, फागुन ६ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend