शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

रुम-ताराखोला सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायात सञ्चालन

images
मंगलबार, फागुन ६ २०८१
images
images
रुम-ताराखोला सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायात सञ्चालन
फाइल तस्बिर

रुमबाट ताराखोला हुँदै बागलुङको गलकोटमा मध्यपहाडी राजमार्गसँग जोडिने सडकलाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ।

images
images

म्याग्दी- जिल्लाको मालिका गाउँपालिका-२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेको छ। आर्थिक वर्ष २०७६/७७ मा मार्ग खुलेको रुमबाट खवाङ हुँदै ताराखोला जोड्ने १३ किलोमिटर सडकमा खसेको पहिरो, ग्रेड र घुम्ती नमिलेका कारण यातायातका साधन सञ्चालन हुनसकेका थिएनन्।

images
images
images

मालिका गाउँपालिका-२ रुमका वडाध्यक्ष उदयबहादुर बुढाथोकीले पाँच वर्षअघि मार्ग खुलेको सडक मर्मत गरेर जिप, मोटरसाइकल र ट्रयाक्टर सञ्चालन गरेपछि रुम, निस्कोट, डाडागाउँ र ताराखोलाका एक हजार बढी घरपरिवार लाभान्वित भएका बताए।

images
images

'यसअघि मार्ग मात्र खोलिएको सडकमा यातायातका साधन सञ्चालन हुनसकेको थिएन', उनले भने, 'यसपालि वडाको बजेटबाट सडक सरसफाइ गरेर यातायात सेवा सुरु गरेका छौँ।' रुम म्याग्दीको धेरै जनसङ्ख्या भएको वडा हो। रुमबाट ताराखोला पुग्न चार घण्टा पैदलयात्रा गर्नुपर्नेमा गाडी चल्न थालेपछि एक घण्टामै पुग्न सकिने भएको छ।

images
images
images

रुमबाट ताराखोला हुँदै बागलुङको गलकोटमा मध्यपहाडी राजमार्गसँग जोडिने सडकलाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ। यो सडक भएर म्याग्दीको मालिका, धवलागिरि र मंगला गाउँपालिकाका बासिन्दालाई बागलुङ हुँदै लुम्बिनी प्रदेशको बुटवल बजार जान आउन नजिक पर्छ।

म्याग्दी क्षेत्र नं १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गलकोटबाट ताराखोलाको घुस्मेलीसम्म १० किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा रहेको, घुस्मेलीबाट करिमेला खण्डको चार किलोमिटर स्तरोन्नतिको सुरु भएको र रुमबाट ताराखोलातर्फ स्तरोन्नतिका लागि यस वर्ष बहुवर्षीय ठेक्का लगाउने तयारी भएको बताए। ताराखोलाको रानीबासामा मोटरेबल पुल निर्माण सुरु भएको छ।

प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका जुग्जालीले चालु आर्थिक वर्षमा ३० लाख रूपैयाँ बजेट विनियोजन भएको रुम-ताराखोला सडक योजनाका लागि थप ३० लाख रूपैयाँ बजेट व्यवस्था गरेर तीन करोड रूपैयाँ बराबरको बहुबर्षीय ठेक्का आव्हानका लागि प्रदेश सरकारलाई सिफारिस गरिएको बताए।

यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट अदिभारा-ताक्से-बिलबाङ हुँदै रुम जोड्ने सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। दश वर्षअघि स्थानीयवासीले चन्दा संकलन र तत्कालीन गाविस कार्यालयको बजेटबाट खनेको सडक प्राविधिक रूपमा उपयुक्त नभएको र जोखिमयुक्त भएपछि दुई वर्षदेखि यातायात बन्द गरेर स्तरोन्नतिको काम थालिएको थियो।

वडाध्यक्ष बुढाथोकीका अनुसार संघीय सरकार र मालिका गाउँपालिकाको ५०/५० प्रतिशत साझेदारीमा आव २०७९/८० मा दुई करोड ४० लाख रूपैयाँ, २०८०/८१ मा एक करोड ६० लाख र चालु आव २०८१ /८२ मा विनियोजन भएको चार करोड रूपैयाँ बजेटबाट ठेक्कामार्फत टाक्से क्षेत्रमा नयाँ मार्ग बनाउन योजना सञ्चालन भएको छ। 

अदिभारा-स्याउलीबाङ-औला-बेली-जेम हुँदै रुम जोड्ने घुमाउँरो सडकमा यात्रा गर्दा एक घण्टा लाग्ने गरेकामा अदिभारा-टाक्से हुँदै २० मिनेटमै रुम पुग्न सकिने वडाध्यक्ष बुढाथोकीले बताए। बस सञ्चालन गर्न मिल्ने गरेर सडक स्तरोन्नतिको काम भइरहेको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, फागुन ६ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend