शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली

images
सोमबार, फागुन ५ २०८१
images
images
अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली

'उद्योग स्थापनाका लागि लगानी विस्तार गर्नुपर्छ। त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गर्नुपर्छ। तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ', प्रधानमन्त्रीले भने।

images
images

दाङ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताएका छन्।

images
images
images

लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफ्नो देश आफैले बनाउनुपर्ने बताए।

images
images

'४० वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ। हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ', प्रधानमन्त्री ओलीले भने, 'कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ।'

images
images
images

प्रधानमन्त्री ओली भन्छन्, 'उद्योग स्थापनाका लागि लगानी विस्तार गर्नुपर्छ। त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गर्नुपर्छ। तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ। केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ। कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो। आमरूपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ। यसले स्वागत पाएको छ।' रासस


प्रकाशित : सोमबार, फागुन ५ २०८११४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend