शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

'मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ'

images
आइतबार, फागुन ४ २०८१
images
images
'मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ'
फाइल तस्बिर

बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिइ सोहीबमोजिम सबै काम अगाडि बढाइएको प्रधानमन्त्रीले जानकारी गराए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न कानूनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन्।

images
images
images

प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिइ सोहीबमोजिम सबै काम अगाडि बढाइएको बताए।

images
images

'देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि स्टार्टप उद्यमलाई २५ लाख रूपैयाँसम्मको सहुलियतपूर्ण कर्जा प्रदान गरिरहेको छ। चालु आर्थिक वर्षमा यस कार्यक्रमबाट एक हजार जनाले सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेगरी काम गरिरहेका छन्', प्रधानमन्त्री ओलीले भने। रासस

images
images
images


प्रकाशित : आइतबार, फागुन ४ २०८११५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend