शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पर्सा र बारामा सुरुङमार्फत पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ४ २०८१
images
images
पर्सा र बारामा सुरुङमार्फत पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने

'यो अध्ययनले उपयुक्त प्रविधि, लागत, वातावरणीय प्रभाव तथा सम्भाव्यताका अन्य पक्षहरू पहिचान गर्न मद्दत गर्नेछ। जसले भविष्यमा विस्तृत अध्ययन तथा कार्यान्वयनको आधार तयार गर्नेछ।'

images
images

काठमाडौं- खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ। पानी आपूर्ति सम्भाव्यता अध्ययनका लागि विभागले परामर्शदाताहरूबाट आशयपत्र आह्वान गरेको छ।

images
images
images

तराई मधेशका क्षेत्रहरूमा खानेपानीको समस्या समाधान गर्न खानेपानीमन्त्री प्रदीप यादवको पहलअनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न परामर्शदाताहरूबाट आशयपत्रको आह्वान गरेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए। 

images
images

राप्ती नदीबाट पर्सा र बाराका लागि पानी स्थानान्तरण अध्ययन, स्थानीय जलस्रोत अभावको दीर्घकालीन समाधान गरी जलस्रोतको दिगो उपयोग गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्वपूर्ण रहने मन्त्री यादवले बताए। उनले भने, 'यो अध्ययनले उपयुक्त प्रविधि, लागत, वातावरणीय प्रभाव तथा सम्भाव्यताका अन्य पक्षहरू पहिचान गर्न मद्दत गर्नेछ। जसले भविष्यमा विस्तृत अध्ययन तथा कार्यान्वयनको आधार तयार गर्नेछ।'

images
images
images

यसैगरी जलवायु परिवर्तनका कारण नेपालको पानी स्रोतहरूमा गम्भीर असर परेको तथा तराई क्षेत्रमा भू-जलको सतह घट्दै गएको, मधेश प्रदेशका जिल्लाहरू, पर्सा र बारामा लामो समयदेखि खानेपानीको समस्याबाट ग्रसित रहेका, तराई मधेशका क्षेत्रहरूमा खानेपानीको समस्या उत्पन्न भएकामा त्यसको समाधान गर्न यो अध्ययन गर्न लागिएको विभागले जनाएको छ। 

उक्त अध्ययनका प्रमुख उद्देश्यहरूमा पानी अभावको मूल्यांकन, बारा र पर्सा जिल्लामा हालको पानी अभावको अवस्थाको अध्ययन गर्ने र पानीको मागको विश्लेषणअन्तर्गत आगामी २५ वर्षका लागि आवश्यक खानेपानीको प्रक्षेपण गरी दिगो समाधानका लागि सम्भावित जलस्रोतहरूको पहिचान गरिने रहेका विभागका महानिर्देशक इन्जिनियर श्रेष्ठले बताए। 

उनका अनुसार राप्ती नदी तथा अन्य वैकल्पिक जलस्रोतहरूका गुणस्तर, उपलब्धता तथा स्थायित्वको मूल्यांकन, वातावरणीय र सामाजिक प्रभाव अध्ययन, जलस्थानान्तरण र वितरण संरचनाहरूले वातावरण र समुदायमा पार्ने प्रभावको प्रारम्भिक मूल्यांकन, लगानी र लागत लाभ विश्लेषण, परियोजनाको लागत र सम्भावित लाभहरूको अध्ययन गरिने छ। 

परियोजनाको कार्यक्षेत्र र अध्ययन प्रक्रियाअन्तर्गत अध्ययनको सेवा क्षेत्रअन्तर्गत बारा र पर्सा जिल्लाका भूभागहरू समावेश गरिएका छन्भने हाइड्रोलोजिकल, जियोलोजिकल र सामाजिक सर्वेक्षणहरू गरी जलस्रोतको उपयोग, जल स्थानान्तरण प्रणालीको प्रभावकारिता निर्धारण, पानी वितरण प्रणाली, टनेल पाइपलाइन संरचनाहरूको सम्भाव्यता अध्ययन गरिने इन्जिनियर श्रेष्ठले उल्लेख गरे 

हालको खानेपानी आपूर्ति प्रणाली भरपर्दो नभएको र गर्मी मौसममा थप संकट देखिन थालेकाले अन्तर-बेसिजनल स्थानान्तरण वा अन्य वैकल्पिक उपायहरू अन्वेषण गर्न आवश्यक रहेको मन्त्री यादवले बताएका थिए।


प्रकाशित : आइतबार, फागुन ४ २०८११०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend