सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था जोखिममुक्त

images
शनिबार, फागुन ३ २०८१
images
बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था जोखिममुक्त

अर्थमन्त्री विष्णु पौडेलको हत्केला र अनुहार जलेको छ। यद्यपि अवस्था भने जोखिममुक्त रहेको प्रेस सल्लाहकारले जानकारी दिए।

images
images

काठमाडौं- आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ।

images
images
images

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो। मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ। यद्यपि अवस्था भने जोखिममुक्त रहेको उनले जानकारी दिए।

images
images

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो।

images
images

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो। वर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए। रासस


प्रकाशित : शनिबार, फागुन ३ २०८११६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend