शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर एक करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा तीनजना पक्राउ

images
शनिबार, फागुन ३ २०८१
images
images
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर एक करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा तीनजना पक्राउ

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक करोडभन्दा बढी रकम ठगी गर्ने तीनजना पक्राउ परेका छन्।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीनजना पक्राउ परेका छन्।

images
images
images

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर ३२ लाख ५७ हजार रूपैयाँ ठगेको उजुरी परेपछि निजलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

images
images

यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको समाचारकक्षको आजको समाचार बुलेटिनमा उल्लेख छ। रासस

images
images
images


प्रकाशित : शनिबार, फागुन ३ २०८११६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend