शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

images
शनिबार, फागुन ३ २०८१
images
images
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
फाइल तस्बिर

आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ। आगलागीको कारण अझै पत्ता लागेको छैन।

images
images

ढोरपाटन- बागलुङको निसीखोला गाउँपालिका-६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन।

images
images
images

शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए।

images
images

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो। आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले बताए।

images
images
images

आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ।

अध्यक्ष मगरले भने, 'आगालागी भएको क्षेत्र निसीखोलाका किसानहरुले भेडा चरनका रुपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ति सबै आगलागीको जोखिममा छन्।'

आगलागीको कारण अझै पत्ता लागेको छैन। रासस


प्रकाशित : शनिबार, फागुन ३ २०८१११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend