शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तनहुँमा २६ हजार भूमिहीनको लगत संकलन

images
शनिबार, फागुन ३ २०८१
images
images
तनहुँमा २६ हजार भूमिहीनको लगत संकलन

यसअघि गठन भएको आयोगले २६ हजार एकसय १७ भूमिहीनको लगत संकलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ।

images
images

तनहुँ- भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत संकलन गरेको छ। यसअघि गठन भएको आयोगले २६ हजार एकसय १७ भूमिहीनको लगत संकलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ।

images
images
images

आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार एकसय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने कार्य सकिएको जानकारी दिए। त्यस्तै ६ हजार सातसय ७३ कित्तामा नाप नक्सा भइसकेको उनले बताए। उनका अनुसार ६ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ।

images
images

त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको सदस्य सचिव सिंहले बताए। आयोगले विगतमा गरेका कामलाई नै वर्तमान आयोगले निरन्तरता दिने सिंहको भनाइ छ। उनले भने, 'विगतको आयोगले जहाँसम्म काम सम्पन्न गरेको छ, अहिले गठन भएको आयोगले त्यहीँबाट काम सुरु गर्नेछ।'

images
images
images

व्यास नगरपालिकामा सात हजार ४३, भानु नगरपालिकामा तीन हजार तीनसय १७, शुक्लागण्डकी नगरपालिकामा चार हजार चारसय तीन, देवघाट गाउँपालिकामा दुई हजार तीनसय ४४, भीमाद नगरपालिकामा एक हजार आठसय ६१, ऋषिङ गाउँपालिकामा एक हजार चारसय ३९, घिरिङ गाउँपालिकामा एक हजार पाँचसय २०, म्याग्दे गाउँपालिकामा एक हजार दुईसय ६७, आँबुखैरेनी गाउँपालिकामा आठ सय ९३ र बन्दीपुर गाउँपालिकामा दुई हजार ३० भूमिहीनको लगत संकलन भएको छ। 

सदस्य सचिव सिंहका अनुसार व्यासमा चारसय नौ भूमिहीन दलित, चारसय ८३ भूमिहीन सुकुम्बासी, ६ हजार एकसय ५१ अव्यवस्थित बसोबासी, भानुमा चारसय पाँच भूमिहीन सुकुम्बासी, दुई हजार नौ सय १२ अव्यवस्थित बसोबासी, शुक्लागण्डकीकमा दुईसय ८७ भूमिहीन दलित, दुईसय ८७ भूमिहीन सुकुम्बासी, तीन हजार आठसय २९ अव्यवस्थित बसोबासी, देवघाटमा एक सय २३ भूमिहीन दलित, ७८ भूमिहीन सुकुम्बासी र दुई हजार एकसय ४३ अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ।

त्यस्तै भीमादमा १९ भूमिहीन दलित, १५ भूमिहीन सुकुम्बासी, एक हजार आठ सय २७ अव्यवस्थित बसोबासी, ऋषिङमा २२ भूमिहीन दलित, एकसय २७ भूमिहीन सुकुम्बासी, एक हजार दुईसय ९० अव्यवस्थित बसोबासी, घिरिङमा ६३ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्बासी, एक हजार चारसय दुई अव्यवस्थित बसोबासी, म्याग्देमा ७८ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्बासी, एक हजार एकसय २४ अव्यवस्थित बसोबासी, आँबुखैरेनीमा १८ भूमिहीन दलित, ९० भूमिहीन सुकुम्बासी, सात सय ८५ अव्यवस्थित बसोबासी र बन्दीपुरमा ८९ भूमिहीन दलित, दुईसय ६७ भूमिहीन सुकुम्बासी र एक हजार ६ सय ७४ अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ। 

आयोगका सदस्य सचिव सिंहका अनुसार शुक्लागण्डकीमा दुई हजार आठ सय ४१, देवघाटमा दुई हजार तीनसय ६२, आँबुखैरेनीमा एक हजार पाँचसय २९ कित्ताको नाप नक्सा भइसकेको छ। त्यस्तै शुक्लागण्डकीको वडा नम्बर २, ७ र ८ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजन भइरहेको छ भने देवघाटको वडा नम्बर ५ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजनको काम भइरहेको छ। यस्तै आँबुखैरेनीको पनि सबै वडाको नाप नक्सा सम्पन्न भएको छ।

आयोगका नवनियुक्त अध्यक्ष गोविन्द सिलवालले जुनसुकै पार्टीबाट आयोगमा प्रतिनिधित्व भए पनि आफूहरुको मुख्य काम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने रहेको बताए। उनले भने, 'आयोगले राजनीतिक पूर्वाग्रह नराखी काम गर्नेछ, भूमिहीनको समस्या समाधानका लागि एकढिक्का भएर काम गर्नेछौँ।' रासस


प्रकाशित : शनिबार, फागुन ३ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend