शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

संखुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २ २०८१
images
images
संखुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन

संखुवासभाको बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडक र जिल्लाका अन्य सडकको अवस्थाबारे जानकारी लिँदै पुल र सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन सडक विभागलाई निर्देशन दिएका छन्।
      
संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री खड्काले आज सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतको टिमसँगको भेटमा सडक तथा पुल निर्माण समयमा नहुँदा संखुवासभावासीले दुःख पाएको भन्दै ठेक्का लागेका आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन्।

images
images
images

उनले संखुवासभाको बहुप्रतिक्षित खाँदबारी-किमाथांका सडक र जिल्लाका अन्य सडकको अवस्थाबारे जानकारी लिँदै पुल र सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए।
      
'पुल नहुँदा सिलिचोङ गाउँपालिका संखुवासभा जिल्ला नै होइन जस्तो भएको छ, सिलिचोङका जनताले साह्रै दुःख पाएका छन्। सिलिचोङ जोड्ने पुल निर्माणलाई तत्काल अगाडि बढाउनुहोस्', मन्त्री खड्काले भने। उनले खाँदबारी-किमाथांका सडक कालोपत्र गर्न उत्तरी क्षेत्रमा बजेट अभाव हुन नदिन चीन सरकारसँग छलफल गर्ने बताए।
      
भेटमा सडक विभागका महानिर्देशक पोखरेलले कोसी राजमार्गअन्तर्गतको खाँदबारी किमाथांका सडकलाई विभागले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले हालसम्म खाँदबारीदेखि किमाथांकासम्मको ४९ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी गराए।

images
images

महानिर्देशक पोखरेलले संखुवासभाका अन्य सडक तथा पुललाई पनि विभागले समयमै सम्पन्न गर्नेगरी काम गरिरहेको उल्लेख गरे।

images
images
images

भेटमा सडक विभागका उत्तर-दक्षिण आयोजना निर्देशक नवीनमान श्रेष्ठ तथा विभागका कोशी राजमार्गअन्तर्गतको खाँदबारी किमाथांका सडकका योजना प्रमुख रामबहादुर गुरुङ सहभागी थिए।


प्रकाशित : शुक्रबार, फागुन २ २०८११७:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend