शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २ २०८१
images
images
नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

यसले जाडोमा तल्लो तटीय क्षेत्र र गर्मी मौसममा चीनका पहाडी क्षेत्रहरूमा विचरणसमेत गर्ने गर्दछ। यो चरालाई अङ्ग्रेजीमा ‘ब्ल्याक ब्रेस्टेट थ्रस’ भनिन्छ।

images
images

गण्डकी- नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ।

images
images
images

पोखरा पक्षी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो।

images
images

समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै तीन वर्षअघि नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानावारीमा गरिएको बताए।

images
images
images

विसं २०७८ फागुन २५ गते चराविज्ञत्रय सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टिकाराम गिरीको टोलीले त्यसताका चराको अभिलख गरेको जानकारी दिए।

उनका अनुसार यो चाँचर भारतदेखि पूर्व बङ्गलादेश, भूटान, म्यान्मा, लाओस, थाइल्यान्ड र भियतनामसम्म तथा उत्तरमा चीनदेखि दक्षिण कोरियासम्म पाइन्छ। यसले जाडोमा तल्लो तटीय क्षेत्र र गर्मी मौसममा चीनका पहाडी क्षेत्रहरूमा विचरणसमेत गर्ने गर्दछ। यो चरालाई अङ्ग्रेजीमा ‘ब्ल्याक ब्रेस्टेट थ्रस’ भनिन्छ।

कोशी प्रदेशको मोरङ र सुनसरीमा अवस्थित समुन्द्री सतहबाट १०० देखि एक हजार ३०० मिटरसम्म करिब ५० हजार हेक्टरमा फैलिएको धरान फरेष्ट चराका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको चराविज्ञ घिमिरेले बताए। बर्ड लाइफ इन्टरनेसनलले पहिचान गरेको नेपालका ४२ वटा क्षेत्रमध्ये यस वनलाई एक महत्वपूर्ण वनका रूपमा लिइन्छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २ २०८१११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend